जिल्ला पार्टी नेतृत्व चयनबारे रामसुर बुढाको टिप्पणी, पुनर्विचारको सुझाव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा जिल्ला पार्टीका सहइन्चार्ज रामसुर बुढा (वीरता)ले रुकुम पूर्वको जिल्ला पार्टीको नेतृत्व चयन प्रक्रियाबारे सार्वजनिक टिप्पणी गर्दै पुनर्विचार गर्न सुझाव दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वीरताले रुकुम पूर्वको जिल्ला पार्टीको जिम्मेवारी या त पार्टीका वरिष्ठ नेताबाट वा नयाँ पुस्ताका युवामध्येबाट चयन हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभएको छ । उहाँले यस विषयमा आफूले यसअघि नै सुझाव दिएको र सामाजिक सञ्जालमा समेत व्यापक प्रतिक्रिया आएपछि आफ्नो धारणा सार्वजनिक गर्न आवश्यक ठानेको उल्लेख गर्नुभएको छ ।
“नेकपा रुकुम पूर्व जिल्लाको जिम्मेवारीमा कि त सिनियरबाट आउने कि नयाँ युवाबाट आउनु थियो । मैले त यो सुझाव दिएकै हो । सामाजिक सञ्जालमा समेत क्रिया–प्रतिक्रिया आएपछि मैले पनि यो कुरा पोस्ट गर्नुपर्ने भयो । यो संगठनात्मक पद्धति भने होइन, सकिन्छ भने पुनर्विचार गर्दा हुन्छ,” बुढाले स्टाटसमा लेख्नुभएको छ ।
बुढा नेकपाका केन्द्रीय सदस्य हुनुका साथै हालको नयाँ संगठनात्मक संरचनाअनुसार पुनः रुकुम पूर्व जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा रहेको नेता हुनुहुन्छ । उहाँ रुकुम पूर्वको भूमे गाउँपालिकाका निर्वाचित संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँको अभिव्यक्तिलाई पार्टीको जिल्ला नेतृत्व चयन र संगठनात्मक व्यवस्थापनबारे आएको महत्वपूर्ण आन्तरिक प्रतिक्रियाका रूपमा हेरिएको छ ।।

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न
रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति









प्रतिकृया दिनुहोस