• ON AIR
  • UP NEXT

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिपरेड) को सहकार्यमा रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकसेराको तकमा आज आइतबार प्रथम झाँक्री सम्मेलन सम्पन्न भएको छ। "नेपाली तन्त्र, बाउ–बाजेले साधेको ज्ञान, धामीझाँक्री ठग होइनन्, आत्मिक लडाइँ लड्ने योद्धा हुन्" भन्ने नारासहित आयोजित सम्मेलनमा झाँक्री परम्परा, जडीबुटीमा आधारित उपचार पद्धति, अनुसन्धान तथा यसको संरक्षणका विषयमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढामगरले धामीझाँक्री परम्परा आदिवासी जनजातिको अमूल्य सांस्कृतिक सम्पत्ति भएको बताउनुभयो ।

 

उहाँले पुर्खादेखि हस्तान्तरण हुँदै आएको ज्ञान, सीप र परम्पराको संरक्षण गर्दै वैज्ञानिक अध्ययन र अनुसन्धानमार्फत यसको उचित अभिलेखीकरण तथा प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । परम्परागत ज्ञानलाई सम्मान गर्दै समाजमा सकारात्मक रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँकोभनाइ थियो। विशेष अतिथि तथा पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले झाँक्री परम्परा परम्परागत उपचार पद्धतिसँगै पर्यटन प्रवर्द्धनको आधार पनि भएको बताउनुभयो । उहाँले धामीझाँक्रीको तन्त्रमन्त्रमार्फत उपचारमा विश्वास गर्ने नागरिक अझै पनि रहेको उल्लेख गर्दै आधुनिक स्वास्थ्य संस्थाबाट औषधि उपचारलाई पनि सँगसँगै अपनाउनुपर्नेमा जोड दिनुभयो । परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य सेवा एकअर्काका पूरक बन्न सक्ने अध्यक्ष घर्तीमगरको भनाइ रहेको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वका जिल्ला अध्यक्ष सविना बुढामगरले झाँक्रीहरूको ज्ञान, सीप र उपचार पद्धतिको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । पुर्खाहरूले धामीझाँक्रीको तन्त्रमन्त्र र जडीबुटीमार्फत उपचार गर्दै आएको इतिहास रहेको उल्लेख गर्दै उहाँले त्यसलाई प्रमाणित, अभिलेखीकरण र संरक्षण गर्न सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धामीझाँक्री परम्परा अन्धविश्वास नभई पुस्तौँदेखि अभ्यासमा रहेको परम्परागत उपचार पद्धति भएको उहाँको भनाइ छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिपरेड) का कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाले झाँक्रीहरू औषधीय ज्ञानका महत्वपूर्ण भण्डार भएको बताउनुभयो । झाँक्रीहरूसँग रहेको जडीबुटी, उपचार र परम्परागत ज्ञानको अध्ययन गरी त्यसलाई वैधानिकता दिलाउन पहल गरिने उहाँले बताउनुभयो । यस्ता परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता रहेको उहाँको धारणा रहेको छ । सम्मेलनमा तकसेराका झाँक्री, आदिवासी जनजातिका अगुवा, जनप्रतिनिधि, अनुसन्धानकर्ता तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वका जिल्ला अध्यक्ष सविना बुढामगरको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढामगर तथा विशेष अतिथि पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र सिपरेडका कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पा लगायतको रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुकुमपूर्वका जिल्ला अध्यक्ष मैत्या घर्ती मगरले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

SITENAME

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

SITENAME

नयाँ शक्तिको उदयमाथि गम्भीर प्रश्न ???

नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय उदाएको नयाँ शक्तिको लोकतान्त्रिक अभ्यास, संवैधानिक निष्ठा र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।