हाम्रो बारेमा
परिचय:
संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता नं. १५/०७४–७५ रहेको पूर्वी रुकुम बहुउद्देश्यीय समाज विकास केन्द्र, रुकुम नामको सामुदायिक संस्थाले राष्ट्रिय प्रशारण नियमावली २०५२ अनुसार नेपाल सरकारवाट एफ.एम. रेडियो सञ्चालन गर्ने ईजाजतपत्र नं. १०६३–०७५/७६ प्राप्त गरि सञ्चालन गरिएको रेडियो स्टेशनको वोलाउने नाम (कलसाईन) रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज हो । गैर नाफामुखी सामुदायिक संस्थाद्धारा संचालित यो रेडियो सम्पूर्ण रुपले समुदायमा समर्पित सामुदायिक रेडियो हो । कुनै पनि व्यक्ति वा संघ संस्थाको व्यवसायिक एवं व्यापारिक लगानी यसमा रहेको छैन ।
नेपालको दुर्गम तथा ५ नं. प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका वडा नम्बर ५, रुकुमकोटमा यसको स्टुडियो रहेको छ । १५८६ मिटर उचाईको भौगोलिक क्षेत्रमा यसको ट्रान्समिटिङ्ग टावर रहेको छ । नेपालमा गणतन्त्र स्थापना भएको दिनको अवसर पारी जेठ १५ गतेबाट प्रसारण आरम्भ गरिएको यो रेडियो नयाँ नेपाल निर्माणको अभियानमा समर्पित हुनेछ । रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज अहिले ५ नं. प्रदेशको एक शक्तिशाली आधुनिक संचार माध्ययमको रुपमा स्थापित हुनेछ । यसको प्रसारण १००० वाट क्षमता रहेको छ । यसले काठमाण्डौंमा रहेको थाहा नेटवर्क र सामुदायिक सुचना नेटवर्क(सि.आई.एन)संग सहकार्य गरि समाचार, विभिन्न चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु दैनिक रुपमा प्रशारण गर्ने गर्छ ।
रेडियाका प्रमुख उदेश्यहरुः
- लोकतन्त्र, गणतन्त्र, संघियता र मानव अधिकारको सुदृढिकरण एवं सामाजिक रुपान्तरण गर्न सही सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने ।
- गरिवी, विपन्न, समाजमा पाखा पारिएको समुदाय र आवाज विहिनहरुको आवाजलाई मजवुत र संगठित गर्ने ।
- सामुदायिक सुशासन पद्धतिलाई सुदृढ र सवल वनाउने ।
- आम जनतामा निहित सुचनाको हकलाइ व्यवहारमा लागु गर्ने ।
- रेडियोको माध्यमबाट सत्य, तथ्य र सन्तुलीत सुचना बैज्ञानीक एंव चेतनामुक शिक्षा र स्वस्थ्य मनोरञ्जन प्रदान गर्ने
- सुचनाको पहुचबाट बञ्चित दुर्गम एंव ग्रामीण क्षेत्रमा आम सञ्चार माध्यम पु¥याउने ।
- समुदायमा रहेको भाषा, जाति, संस्कृतिको पहिचानलाई स्थापित गर्दै लोपउन्मुख कला, संस्कृति, गीत संगीतको संरक्षण सम्बद्र्धन गर्ने ।
- नयाँ नेपाल निर्माणको जनआकाङक्षा परिपुर्ति गर्न संञ्चार माध्यमबाट कर्तव्य निर्वाह गर्ने ।
- महिला, दलित, जनजाति, अपाङग लगायत पछि परेका बर्ग क्षेत्र र समुदायलाई आम सञ्चारको माध्यमबाट मुल प्रवाहिकरण गर्ने ।
- आर्थिक क्षेत्रः उद्योग, ब्यापार र बाणिज्य लगायत आर्थिक क्रियाकलापको बिस्तार र सम्बृद्धिमा सहयोग पु¥याउने ।
रेडियोको प्रशारण क्षमता र क्षेत्रः
रेडियोकोे प्रशारण क्षमता १००० वाटको रहेको छ । यो रेडियोको प्रशारण क्षेत्र रुकुम पूर्वको(सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका), रुकुम पश्चिमका (बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, आठविसकोट नगरपालिका) जाजरकोटका(भेरी नगरपालिका, त्रिवेणी नलगाढ नगरपालिका, छेडागाड नगरपालिका, कुमे गाउँपालिका), सल्यानका (दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, वागचौर नगरपालिका लगायतका क्षेत्र) रोल्पाका (दुईखोली गाउँपालिका, सुकिदह गाउँपालिका) लगायतका क्षेत्र, बाग्लुङका केहि क्षेत्र, डोल्पाको केही क्षेत्रसम्म पहँुच रहेकोे छ । साथै ईन्टरनेटको माध्ययमबाट देश विदेशमा रहेका लाखौं स्रोतासम्म रेडियोको पहुँच रहने छ ।







