• ON AIR
  • UP NEXT

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय सरकारको आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को बजेट तथा सिस्ने गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उद्घाटन गर्नुभएको हो। अध्यक्ष रेग्मीले पानसमा बत्ती बाल्दै तथा रिबन काटेर भवनको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

 

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, वडा नम्बर ६ का अध्यक्ष पूर्णबहादुर मल्ल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढालगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रेग्मीले नव निर्मित भवनले विद्यालयको भौतिक पूर्वाधारमा थप सुधार ल्याउनुका साथै विद्यार्थीहरूको पठनपाठनका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयको शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष

SITENAME

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा

SITENAME

भूमे गाउँपालिकामा विपद्पीडित कृषकलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिने

 रुकुम पूर्वको भूमे गाउँपालिकाले विपद्बाट कृषि बालीमा क्षति पुगेका कृषकलाई लक्षित गर्दै निःशुल्क गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ ।