रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार आइतबार बिहान करिब ८ः५० बजे इलाका प्रहरी कार्यालय तकसेराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकराज भण्डारीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले जङ्गलमा गस्ती गर्ने क्रममा ढुङ्गाको ओढारमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।
प्रहरीले एउटा साबुत भरुवा बन्दुक र नाल मात्र भएका दुई थान गरी तीन थान बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक लाल बहादुर विकले जानकारी दिनुभएको छ । बरामद गरिएका हतियारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा ल्याइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।।

अखिल क्रान्तिकारी रुकुमपूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्यो
रुकुमपूर्व - नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वले दशैँ, तिहार तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे









प्रतिकृया दिनुहोस