• ON AIR
  • UP NEXT

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङका ४९ वर्षीय बुद्धिराज सेन र सोही ठाउँका ७० वर्षीय तिर्थराज शाही खरिढुङ्गाबाट घर फर्कने क्रममा साङखोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुकाम, प्रहरी चौकी जाङ र इलाका प्रहरी कार्यालय प्वाङबाट छुट्टाछुट्टै प्रहरी टोली खटिएको थियो । साथै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुखसहित तीन वटा टोली परिचालन गरी बेपत्ताको खोजतलास सुरु गरिएको थियो । टोलीले देउखोला, बगर, धाउन्ने हुँदै सानोभेरी नदीतर्फ खोजी कार्य गरे पनि आइतबार साँझसम्म दुवै जनाको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त तीन वटा टोलीले देउखोला आसपासदेखि सानोभेरी नदीको किनार हुँदै रुकुम पश्चिमको सिमानासम्म खोजी कार्य जारी राखेको छ । बेपत्ताको खोजीका लागि सम्बन्धित स्थानीय तह तथा अन्य जिल्लासँग समेत समन्वय र सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले स्थानीय नागरिकलाई समेत सूचना तथा जानकारी आदानप्रदान गरी खोजतलास कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन

रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

SITENAME

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष

SITENAME

भूमे गाउँपालिकामा विपद्पीडित कृषकलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिने

 रुकुम पूर्वको भूमे गाउँपालिकाले विपद्बाट कृषि बालीमा क्षति पुगेका कृषकलाई लक्षित गर्दै निःशुल्क गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ ।