भूमे गाउँपालिकामा विपद्पीडित कृषकलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिने

रुकुम पूर्वको भूमे गाउँपालिकाले विपद्बाट कृषि बालीमा क्षति पुगेका कृषकलाई लक्षित गर्दै निःशुल्क गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷८४ अन्तर्गत विपद्बाट क्षति पुगेको कृषि बालीमा वस्तुगत सहायता अनुदान कार्यक्रममार्फत शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न लागेको हो । कार्यक्रमबाट लाभ लिन चाहने भूमे गाउँपालिका भित्रका कृषक, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारी संस्थाले आवश्यक कागजातसहित असोज ५ गतेभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।
आवेदन भूमे गाउँपालिकाको कृषि सेवा केन्द्र खाबाङ बगर तथा सम्बन्धित वडा कार्यालयमा पेश गर्न सकिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद भटराईले जानकारी दिनुभएको छ । आवेदनसँग असिनापानीबाट भएको क्षतिको वडा कार्यालयबाट जारी प्रमाणीकरण सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि लगायत आवश्यक कागजात संलग्न गर्नुपर्नेछ ।
कृषि फार्म, समूह तथा सहकारीले दर्ता तथा नवीकरण प्रमाणपत्र र कार्यक्रम माग सम्बन्धी निर्णयको प्रतिलिपि समेत पेश गर्नुपर्ने गाउँपालिकाका कृषि प्राविधिक विशाल पुन मगरले बताउनु भएको छ । गाउँपालिकाले म्याद नाघेर वा आवश्यक प्रक्रिया नपु¥यायाई पेश भएका आवेदन छनोट प्रक्रियामा समावेश नहुने गाउँपालिकाले जनाएको छ ।।

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन
रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा









प्रतिकृया दिनुहोस