भोटेकोशी बाढीपीडितका लागि रुकुम पूर्वका निजी विद्यालयबाट १ लाख ४१ हजार सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित पीडितका लागि आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुकुम पूर्वले प्रधानमन्त्री राहत कोषमा १ लाख ४१ हजार ४ सय ८५ रुपैयाँ सहयोग गरेको छ । जिल्लाका चार वटा संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकबाट संकलन गरिएको उक्त रकम बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
अर्गनाइजेसन प्याब्सन रुकुम पूर्वका अध्यक्ष सुधन शर्माका अनुसार सिस्ने गाउँपालिका–५ मा रहेको कमलदह इङ्लिस बोर्डिङ स्कुलबाट ५३ हजार ७ सय ५० रुपैयाँ, भूमे गाउँपालिकामा रहेको मोडेल कम्युनिटी बोर्डिङ स्कुलबाट ४७ हजार ७ सय ३५ रुपैयाँ, हिमशिखा बोर्डिङ स्कुलबाट २५ हजार रुपैयाँ तथा सानोभेरी बोर्डिङ स्कुलबाट १५ हजार संकलन गरिएको रकम गरी जम्मा १ लाख ४१ हजार ४ सय ८५ रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । बाढीबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले जिल्लाका संस्थागत विद्यालय परिवारको सहयोगमा उक्त रकम संकलन गरी सरकारको राहत कोषमा पठाइएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।।

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन
रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

सिस्ने गाउँपालिका १ बाट अवैध भरुवा बन्दुक बरामद
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, भट्टेचौरस्थित खरखोला गैरिपातल सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको एक थान भरुवा बन्दुक

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।









प्रतिकृया दिनुहोस