• ON AIR
  • UP NEXT

सिस्ने गाउँपालिका १ बाट अवैध भरुवा बन्दुक बरामद

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, भट्टेचौरस्थित खरखोला गैरिपातल सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको छ । पाखापानी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर बुढाक्षेत्रीको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार बिहान करिब १० बजे गस्ती गर्ने क्रममा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

 

प्रहरीले बन्दुकसँगै करिब २० ग्राम बारुद र पाँच थान छर्रा पनि बरामद गरेको छ। बरामद हतियार जिल्ला प्रहरी कार्यालय ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन

रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

SITENAME

भोटेकोशी बाढीपीडितका लागि रुकुम पूर्वका निजी विद्यालयबाट १ लाख ४१ हजार सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित पीडितका लागि आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुकुम पूर्वले प्रधानमन्त्री राहत कोषमा १ लाख ४१ हजार ४