पार्टी भित्रको खुराफात र दलाल प्रवृत्तिविरुद्ध संघर्ष आवश्यक रहेको श्रेष्ठको टिप्पणी

नेपाली कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य तथा रुकुम पूर्वको भूमे गाउँपालिका सरकारका अध्यक्ष होम प्रकाश श्रेष्ठ ९हिमाल०ले पार्टीभित्र मौलाउँदै गएको दलाल, खुराफाती र अवसरवादी प्रवृत्तिका कारण पार्टीको राजनीतिक उचाइ खस्कँदै गएको टिप्पणी गर्नुभएको छ । तत्कालीन जनयुद्धकालमा जनमुक्ति सेनाका चर्चित कमाण्डरसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तत्कालीन नेकपा ९माओवादी केन्द्र० हुँदै एकता प्रक्रियापछि बनेको पार्टीको अवस्था क्रमशः कमजोर र जनतामाझ टिठलाग्दो बन्दै गएको बताउनु भएको हो ।
उनले पार्टी नेतृत्व पार्टीभित्रका दलाल, खुराफाती र फटाहा समूहबाट घेरिएको दाबी गर्दै नेतृत्वले पार्टीको वास्तविक संरचना र जनताको भावना बुझ्न नसकेको आरोप लगाउनु भएको छ । “हाम्रो सुप्रिमो पार्टीभित्रका दलाल, खुराफाती र फटाहाहरूबाट घेरिएर प्यारालाइज्ड भएका निरीह पात्रजस्ता देखिएका छन्,” भन्दै उहाmे नेतृत्वले नागरिकका समस्या र अपेक्षा देख्न तथा बुझ्न नसकेको टिप्पणी गर्नुभएको छ । श्रेष्ठले निरन्तर गल्ती दोहोर्याउने र समयको चेतावनीलाई समेत बेवास्ता गर्ने नेतृत्वबाट सकारात्मक तथा अग्रगामी दिशाको अपेक्षा गर्न नसकिने उल्लेख गरेका छन् । उनले पार्टीभित्र अब वैचारिक तथा राजनीतिक संघर्ष तीव्र हुने संकेत गर्दै खुराफाती प्रवृत्तिलाई क्रान्तिकारिताको आवरण ओढाएर भ्रम फैलाउने समूह र पार्टी तथा बहुसंख्यक जनताको हितमा काम गर्ने शक्तिबीच स्पष्ट विभाजन देखिएको बताउनुभएकाृ छ ।
“अब कुरा स्पष्ट छ, खुराफातलाई नै क्रान्तिकारिताको खोल ओढाइदिने र भ्रम सिर्जना गरिराख्ने एउटा लाइन र अर्को पार्टी तथा बहुसंख्यक जनताको हितमा काम गर्ने लाइनबीच निर्मम संघर्ष हुन्छ । छनोट आ–आफ्नै हो,” श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । श्रेष्ठको उक्त अभिव्यक्तिलाई पार्टीभित्रको नेतृत्व, कार्यशैली र संगठनात्मक अवस्थाप्रति व्यक्त गरिएको गम्भीर असन्तुष्टिका रूपमा हेरिएको छ ।।

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न
रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति









प्रतिकृया दिनुहोस