• ON AIR
  • UP NEXT

भूम्याः पूजाको अवसरमा भूमे गाउँपालिकामा असार २ गते सार्वजनिक बिदा

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको भूमे गाउँपालिकाले स्थानीय सांस्कृतिक पर्व भूम्याः पूजाको अवसरमा आगामी असार २ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरद्वारा जारी सूचनाअनुसार लुम्बिनी प्रदेश सरकारको स्थानीय तहले आफ्नो क्षेत्रभित्र परम्परागत रूपमा मनाइँदै आएका स्थानीय पर्वहरूमा सार्वजनिक बिदा दिन सक्ने व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको हो ।

 

जेठ २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले भूमे गाउँपालिकावासी सम्पूर्ण समुदायले मनाउने भूम्याः पूजाको अवसरमा असार २ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत देवीलाल वि.क.द्वारा हस्ताक्षरित सूचनामा उक्त बिदासम्बन्धी जानकारी सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सरोकारवाला निकायलाई अवगत गराइएको उल्लेख छ ।

 

भूम्याः पूजा भूमे क्षेत्रको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

SITENAME

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

SITENAME

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न

रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति