नेकपा भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने मूल नाराका साथ मंगलबार भूमे गाउँपालिकाको केन्द्रमा आयोजित उक्त भेला युवा सुरक्षा तथा युवा परिचालन समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य सुबोधराज सेर्पालीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा सहभागी युवाहरूले नेताहरूलाई निर्वाचनको बेला मात्रै युवालाई परिचालन गर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै युवाको भविष्य, रोजगारी, शिक्षा, सीप विकास र नेतृत्व विकासका विषयमा दीर्घकालीन सोच र ठोस कार्यक्रम आवश्यक रहेको धारणा राखेका छन् ।
युवाहरूले चुनावी समयमा मात्र होइन, सधैं युवाको सवाललाई प्राथमिकतामा राखेर नीति, योजना र कार्यान्वयनमा जोड दिन पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । भेलाका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले देश अहिले गम्भीर राजनीतिक संक्रमणको चरणमा रहेको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा राजनीतिक परिवर्तनलाई सही दिशामा अघि बढाउन युवाहरूको सचेत, संगठित र सक्रिय भूमिका अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी नेतृत्व युवाहरूको भावना, चाहना र अपेक्षालाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै युवाहरूलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो र व्यवहारिक रूपमा अनुशासित बन्न आग्रह गर्नुभयो । साथै, आगामी निर्वाचनमा युवाहरूले निर्णायक भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू तथा जिल्लास्तरीय नेताहरूको पनि आतिथ्यता रहेको थियो भने युवा भेला कार्यक्रमको सञ्चालन युवा सुरक्षा तथा युवा परिचालन समितिका सह–संयोजक, पार्टीका केन्द्रीय सदस्य केशव रावलले गर्नुभएको थियो ।।

सिस्ने गाउँपालिका ५ स्थित राक्छराको जंगलबाट बेवारिसे भरुवा बन्दुक बरामद
रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित राक्छरा जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद

रत्यौली गीत “हे बहिनी जमुना” टिकटकमा भाइरल, लाखौं दर्शकको रोजाइमा
नेपाली मौलिक संस्कृतिलाई झल्काउने रत्यौली गीत “हे बहिनी जमुना” यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक रूपमा भाइरल भइरहेको छ । लोकप्रिय गायिका

थबाङमा नेपाल विद्युत प्राधिकरणको लाइन जडान, स्थानीयवासी खुसी
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन थबाङमा पुगेको छ । आइतबार एक विशेष समारोहका बीच थबाङ गाउँपालिका १ र २ काे गल्चोर, मराङ्थाना र ठुलो









प्रतिकृया दिनुहोस