• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै २४ वर्षीय मिलन श्रेष्ठ र ३१ वर्षीय जनक कुमार पुन मगरको विवरण सार्वजनिक गरेको हो ।

 

गाउँपालिकाका अनुसार गत भदौ १० गते रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको विवरण सङ्कलन गर्न असोज २९ गते पाँच दिने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । सम्बन्धित वडा कार्यालयमार्फत सङ्कलन गरिएको विवरण आवश्यक छानबिन तथा प्रमाणीकरणका लागि सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ सार्वजनिक विवरणमा नाम, थर, ठेगाना वा अन्य विवरण फरक परेको भएमा, कुनै विवरण छुटेको भएमा वा प्रकाशित विवरणउपर दाबी विरोध रहेमा कात्तिक १४ गते कार्यालय समयभित्र आवश्यक प्रमाण तथा कागजातसहित गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा लिखित निवेदन पेस गर्न आग्रह गरिएको छ । भुमे गाउँपालिका ३ का मिलन श्रेष्ठको भने गत सोमबार नै कुशको सव बनाएर अन्त्यष्टी गरिसकिएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह

रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

SITENAME

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक

SITENAME

रसुवाको बाढीमा बेपत्ता भएकाहरूको विवरण यकिन गर्न सिस्ने गाउँपालिकाको आग्रह

रुकुम पूर्वमा सिस्ने गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका गाउँपालिकाभित्र स्थायी ठेगाना भएका व्यक्तिको आधिकारिक विवरण