• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

रुकुम पूर्वमा पाँच पूर्णिमा मेला लगाउने तयारी पूरा, सोमबार भव्य लाग्ने

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा कोजाग्रत पूर्णिमाको अवसरमा कात्तिक ९ गते सोमबारदेखी लाग्ने पाँच पूर्णिमा मेलाको तयारी पूरा भएको छ । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्देश्वरी मन्दिर परिसरमा लाग्ने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।कल्चु मल्लको पालादेखि ऐतिहासिक धरोहरका रूपमा विक्रम संवत् १८७० देखि सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि आयोजना गर्न लागिएको पाँच पूर्णिमा मेला व्यवस्थापन तथा संवर्द्धन समितिले जनाएको छ । मेला संयोजक कैलाशकुमार मल्लका अनुसार मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी पूरा गरिएको छ ।

 

 

मेलामा सिङ्गारु नाच, मयूर नाच, पैसेरु नाच, झ्याउरे नाच र भूमे नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन्। यस्तै, कृषि प्रदर्शनी, व्यापारिक गतिविधि, खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।  स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा कृषि र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने मेला भोलि  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा नेपाल सरकारले प्रतिबन्ध लगाएका तथा कानुनले निषेध गरेका गतिविधि गर्न नपाइने मेला व्यवस्थापन समितिले स्पष्ट पारेको छ। समितिले मेलामा सहभागी भई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै व्यापारिक गतिविधिमा सहयोग पुर्‍याउन मेला व्यवस्थापन समितिले सबैलाई आग्रह गरेको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक

रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

SITENAME

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह

रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

SITENAME

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक