थबाङमा नेपाल विद्युत प्राधिकरणको लाइन जडान, स्थानीयवासी खुसी

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन थबाङमा पुगेको छ । आइतबार एक विशेष समारोहका बीच थबाङ गाउँपालिका १ र २ काे गल्चोर, मराङ्थाना र ठुलो गाउँमा केन्द्रीय विद्युत प्रसारण लाइनको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले बटन थिचेर थबाङमा केन्द्रीय विद्युत आपूर्तिको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद पुनले रोल्पामा करिब ३६ हजार घरमा विद्युत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोल्पामा करिब ५२ हजारभन्दा बढी घरधुरी छन् । अहिले करिब ७५ प्रतिशत घरमा केन्द्रीय विद्युत पुगेको छ । २०६४ सालअघि विद्युतको पहुँच जम्मा १९ प्रतिशत मात्र थियो, अहिले आएर रोल्पा विद्युत क्षेत्रमा फड्को मारेको छ,” उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “रोल्पाबाट अर्थ मन्त्री हुँदा जिल्लामा धेरै बजेट ल्याउन सकियो, त्यसकै परिणामस्वरूप आज थबाङसम्म विद्युत पुगेको छ । हालसम्म रोल्पामा करिब १ सय ४ करोड रुपैयाँ बराबरको बजेट आइसकेको छ ।”
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख अशेश्वर शाहले लामो समयको प्रयास र चुनौतीपछि थबाङमा केन्द्रीय विद्युत लाइन पु¥याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत पुग्नु, बत्ती बाल्नु वा वाइफाई चलाउनु मात्र होइन, यसले जनजीवनमा नयाँ उज्यालो र आर्थिक रूपान्तरण ल्याउनेछ ।” शाहले थबाङ गाउँपालिकाभित्र बाँकी वडाहरूमा आगामी वर्षमा विद्युत विस्तार गर्ने दाबी गर्नुभयो ।
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले विद्युत थबाङमा पुगेकोमा स्थानीयवासी निकै उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत थबाङको आधारभूत आवश्यकता थियो, आज त्यो आवश्यकता पूरा भएको छ । अब गाउँको विकासले नयाँ गति लिनेछ । हामी उद्योग, पर्यटन र सूचना प्रविधिको माध्यमबाट थबाङलाई आत्मनिर्भर गाउँ बनाउनतिर लाग्नेछौं ।”
केन्द्रीय विद्युत लाइन सञ्चालनमा आएसँगै थबाङ गाउँपालिका १ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँका करिब २ सय ५० घरमा प्रत्यक्ष रूपमा विद्युत पुगेको छ । विद्युत पुगेपछि गाउँमा अध्ययन, सञ्चार, व्यवसाय र दैनिक जीवनका कामहरू सहज हुनेमा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।
थबाङमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, शिक्षक, रुकुम पूर्व र राेल्पाका सञ्चारकर्मी, सुरक्षाकर्मी तथा थबाङ गाउँवासीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।।

सिस्ने गाउँपालिका ५ स्थित राक्छराको जंगलबाट बेवारिसे भरुवा बन्दुक बरामद
रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित राक्छरा जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद

रत्यौली गीत “हे बहिनी जमुना” टिकटकमा भाइरल, लाखौं दर्शकको रोजाइमा
नेपाली मौलिक संस्कृतिलाई झल्काउने रत्यौली गीत “हे बहिनी जमुना” यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक रूपमा भाइरल भइरहेको छ । लोकप्रिय गायिका

नेकपा भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने मूल नाराका साथ मंगलबार









प्रतिकृया दिनुहोस