रत्यौली गीत “हे बहिनी जमुना” टिकटकमा भाइरल, लाखौं दर्शकको रोजाइमा

नेपाली मौलिक संस्कृतिलाई झल्काउने रत्यौली गीत “हे बहिनी जमुना” यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक रूपमा भाइरल भइरहेको छ । लोकप्रिय गायिका जमुना सनम र देवि आचार्य को सुमधुर आवाजमा रहेको उक्त गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको हो ।
सार्वजनिक भएको केही दिनमै गीतका अंशमा १ लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन् भने भिडियो बनाउने क्रम अझै निरन्तर बढिरहेको बताइएको छ । नेपाली विवाह संस्कृतिमा विशेष महत्व राख्ने रत्यौली परम्परालाई केन्द्रमा राखेर तयार गरिएको गीतमा रमाइलो वातावरण, दिदीबहिनीबीचको हाँसोठट्टा, नाचगान तथा मौलिक संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
गीतका शब्द राजु सुनाम ले सिर्जना गरेका हुन् भने संगीत स्वयं जमुना सनमले तयार गरेकी हुन् । अडियो निर्माण स्टुडियो वजनले गरेको हो । मौलिक भाका, मिठो लय र रत्यौली शैलीको प्रस्तुतिले गीतलाई अझ विशेष बनाएको दर्शकहरूको प्रतिक्रिया छ । दिनेश मुस्कान को निर्देशनमा तयार गरिएको भिडियोमा बिना विश्वकर्मा र सम्झना लामिछाने मगर लगायतका कलाकारहरूको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियो youtube.com� बाट हिजो सार्वजनिक भएको त्यहाबाट जानकारी टेकेन्द्र शाही बिन्दाश ले दिएका छन् ।

सिस्ने गाउँपालिका ५ स्थित राक्छराको जंगलबाट बेवारिसे भरुवा बन्दुक बरामद
रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित राक्छरा जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद

नेकपा भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने मूल नाराका साथ मंगलबार

थबाङमा नेपाल विद्युत प्राधिकरणको लाइन जडान, स्थानीयवासी खुसी
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन थबाङमा पुगेको छ । आइतबार एक विशेष समारोहका बीच थबाङ गाउँपालिका १ र २ काे गल्चोर, मराङ्थाना र ठुलो









प्रतिकृया दिनुहोस