सिस्ने गाउँपालिका ५ स्थित राक्छराको जंगलबाट बेवारिसे भरुवा बन्दुक बरामद

रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित राक्छरा जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)का अनुसार शुक्रबार बिहान करिब १० बजे प्रहरी बिट रुमालबाराबाट प्रहरी हवल्दार डम्बर दाहालको कमाण्डमा खटिएको तीन सदस्यीय गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त बन्दुक फेला पारेको हो ।
जंगल क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक रितपूर्वक मुचुल्का गरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हेमबहादुर विकले जानकारी दिनुभएको छ ।।

रत्यौली गीत “हे बहिनी जमुना” टिकटकमा भाइरल, लाखौं दर्शकको रोजाइमा
नेपाली मौलिक संस्कृतिलाई झल्काउने रत्यौली गीत “हे बहिनी जमुना” यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक रूपमा भाइरल भइरहेको छ । लोकप्रिय गायिका

नेकपा भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भूमे गाउँपालिका स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने मूल नाराका साथ मंगलबार

थबाङमा नेपाल विद्युत प्राधिकरणको लाइन जडान, स्थानीयवासी खुसी
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन थबाङमा पुगेको छ । आइतबार एक विशेष समारोहका बीच थबाङ गाउँपालिका १ र २ काे गल्चोर, मराङ्थाना र ठुलो









प्रतिकृया दिनुहोस