पहिलोपटक जिल्ला अस्पतालले दन्त रोग विशेषज्ञ डाक्टर पायो

२२ साउन, २०८२ ।
रुकुम पूर्व अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक दन्त रोग विशेषज्ञ प्राप्त गरेको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी शुक्ला पदस्थापनसँगै जिल्लाले पहिलोपटक दन्त रोग उपचारमा विशेषज्ञ सेवा पाउने अवसर पाएको हो ।
बिहीबार डा. शुक्ला र अस्पतालमा नवपदस्थ लेखापाल अञ्जना खत्रीलाई एक विशेष कार्यक्रमबीच स्वागत गरिएको छ । स्वागत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खराल, स्वास्थ्य कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख पुस्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख विष्णु हरि आचार्यलगायतका स्वास्थ्यकर्मी तथा पत्रकारहरूकाे उपस्थिति रहेको थियो ।
लेखापाल खत्री केही दिनअघि नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ भने डा. शुक्लाले बिहीबारदेखि नियमित रुपमा दन्त सेवा सुरु गर्नुभएको हो । अस्पतालका निमित्त प्रमुख डा. खरालका अनुसार अस्पताल प्रशासन शाखामा समेत चाँडै थप कर्मचारी आउने तयारी भइरहेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले अस्पतालले क्रमशः आफ्नो सेवा, संरचना र कार्यशैलीलाई थप व्यवस्थित र भरपर्दो बनाउँदै लगेको उल्लेख गर्दै विगतका कमजोरीहरूलाई भुलेर सकारात्मक सोचसहित अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।
यसअघिसम्म पनि अस्पतालमा सामान्य रूपमा दन्त रोगको उपचार हुँदै आएकोमा अब विशेषज्ञ डाक्टरको उपस्थितिसँगै सेवा अझ प्रभावकारी ढंगले उपलब्ध हुने भएको छ । विशेषज्ञ टोलीको स्थायी सहभागिताले जिल्लावासीमा उत्साह थपिएको छ ।।

रुकुम पूर्वमा दूध राम्रो खपत
रुकुमपूर्वमा दूधबाट मनग्य आम्दानी भइरहेको छ । बजारमा दूध राम्रो खपत भइरहेकोले कृषक र व्यापारीले मनग्य आम्दानी गरिराख्नु भएको हो । सिस्ने

रुकुम पूर्वमा मह बिक्रिबाट किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरे
रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला

आठबिसकाेट सहकारी : बचतकर्ताकाे बिचल्ली
रुकुमपश्चिम : आठबिसकोट नगरपालिका ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै









प्रतिकृया दिनुहोस