• ON AIR
  • UP NEXT

रुकुम पूर्वमा मह बिक्रिबाट किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरे

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला भर आर्थिक वर्ष २०७८/०७९ मा ६ दशमलव ७ मेट्रिकटन मह उत्पादन हुँदा आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो आर्थिक वर्षको भन्दा महको उत्पादन घटेर ६ मेट्रिकटन तथा गत आर्थिक वर्ष २०८०/०८१ मा भने महको उत्पादन दोब्बरले बढेर १२ दशमलव १ मेट्रिकटन मह उत्पादन भएको एकिकृत कृषि तथा पुशपंक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार चालु आर्थिक वर्षको भने किसानहरुले मह निकाल्ने क्रम जारी छ । चालु आर्थिक वर्षको मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिनुभभयो । जिल्लामा किसानले प्रति धार्नी मह (दुई दशमलव ५ केजी) लाई तीन हजार रुपैयाँमा विक्रि गर्दै आएका छन् ।

 

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रिबाट मात्रै किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा व्यवसायिक माहुरी पालन गर्ने किसानले २ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । एकिकृत कृषि तथा पुशपंक्षी विकास कार्यालय रुकुम पुर्वका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ दशमलव ७ मेट्रिकटनबाट ८० लाख ४० हजार रुपैयाँ आम्दानी गरेका थिए । भने आर्थिक वर्ष २०७९/०८० मा महको उत्पादन घटरे ६ मेट्रिकटन उत्पादन हुँदा ७२ लाख रुपैयाँ किसानले आम्दानी गरेका थिए ।

 

गत वर्ष भने मह उत्पादन दोब्बरले उत्पादन भएर १२ दशमलव १ मेट्रिकटन मह उत्पादन हुँदा १ करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन् । विवरण प्राप्त नभएपनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसकने  कार्र्यालले अनुमान गरेको छ । 

 

जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् । ब्यवसायिक माहुरी  पानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा माहुरी पालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४ सय ८० घारबाट मह उत्पादन भएको थियो । भने आर्थिक वर्ष २०७९/०८० मा मह उत्पादन हुने घारको संख्या घटेर एक हजार २ सयमा मात्र मह उत्पादन भएको थियो ।

 

गत आर्थिक वर्षमा भने घारको संख्या बढेर १ हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव १ मेट्रिकटन उत्पदान भएको थियो । यस वर्षभने मह उत्पादनको विवरण तथा घारको संख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पुर्वले जनाएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

पहिलोपटक जिल्ला अस्पतालले दन्त रोग विशेषज्ञ डाक्टर पायो

२२ साउन, २०८२ ।    रुकुम पूर्व अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक दन्त रोग विशेषज्ञ प्राप्त गरेको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी

SITENAME

रुकुम पूर्वमा दूध राम्रो खपत

रुकुमपूर्वमा दूधबाट मनग्य आम्दानी भइरहेको छ । बजारमा दूध राम्रो खपत भइरहेकोले कृषक र व्यापारीले मनग्य आम्दानी गरिराख्नु भएको हो ।    सिस्ने

SITENAME

आठबिसकाेट सहकारी : बचतकर्ताकाे बिचल्ली

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै