• ON AIR
  • UP NEXT

रुकुम पूर्वमा दूध राम्रो खपत

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुमपूर्वमा दूधबाट मनग्य आम्दानी भइरहेको छ । बजारमा दूध राम्रो खपत भइरहेकोले कृषक र व्यापारीले मनग्य आम्दानी गरिराख्नु भएको हो । 

 


सिस्ने गाउँपालिका–५ कमलदह अगाडि रहेको समीर डेरी पसलमा मात्र दूध खरिद, बिक्रीबाट वार्षिक तीन लाख भन्दा बढीको कारोवार भइरहेको छ । उक्त डेरीबाट मात्र दैनिक ६० लिटर भन्दा बढी दूध बिक्री भइरहेको व्यापारी तेजबहादुर खत्रीले जानकारी दिनुभयो । दूध र दही गरेर लगभग महिनामा ३०–४० हजार रुपियाँको कारोवार भइरहेको खत्रीले बताउनुभयो । 

 


सिस्ने र भूमे गाउँपालिकासँगै कहिले काही रुकुम पश्चिमबाट समेत दूध खरिद गर्ने गरेको खत्रीको भनाइ रहेको छ । दूधको खरिद मूल्य प्रति लिटर ७० रुपियाँ र बिक्री मूल्य दूध प्रति लिटर एक सय र दही प्रति लिटर एक सय २० रुपियाँको दर रहेको छ । दूधको राम्रो व्यापार भइरहेकोले किसानले पशुपालन गर्नमा जोड दिनु पर्ने व्यापारी खत्रीले बताउनुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

पहिलोपटक जिल्ला अस्पतालले दन्त रोग विशेषज्ञ डाक्टर पायो

२२ साउन, २०८२ ।    रुकुम पूर्व अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक दन्त रोग विशेषज्ञ प्राप्त गरेको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी

SITENAME

रुकुम पूर्वमा मह बिक्रिबाट किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरे

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला

SITENAME

आठबिसकाेट सहकारी : बचतकर्ताकाे बिचल्ली

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै