आठबिसकाेट सहकारी : बचतकर्ताकाे बिचल्ली

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै बन्द भएको छ ।
यो सहकारीले बचतकर्ताको करिब पाँच लाख र आठबिसकोट नगरपालिकालाई एक करोड ७२ लाख रुपियाँ फिर्ता गर्न नसकेपछि बन्द अवस्थामा पुगेको हो । सहकारीले बचत र कर्जा फिर्ता नगरेको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।
वडा नम्वर १ का वडा अध्यक्ष देव बहादुर घर्तीको संयोजकत्वमा गठित छानबिन समितिले दैनिक तथा मासिक बचतकर्ता र नगरपालिकाबाट लिएको कर्जा फिर्ता गर्न नसकेको जनाएको छ । छानबिन समितिका संयोजक घर्तीका अनुसार सहकारीले नगरपालिकाबाट लिएको एक करोड ७२ लाख पाँच हजार रुपियाँ फिर्ता गर्न नसकेको हाे ।
शैक्षिक कर्जाको लागि लिएको एक करोड रुपियाँ, घरेलु तथा साना उद्योगका लागि दिएको ३८ लाख ४० हजार र विपन्न नागरिकको शेयर लगानीको लागि लिएको ३३ लाख ६५ हजार रुपियाँ फिर्ता गर्न नसकेको समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाले सहकारीमा ६ सय ७३ जना विपन्न नागरिकको शेयर खरिदका लागि उक्त रकम दिएको थियो । सहकारीले एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी उक्त कर्जा लिएको बुझिएको छ ।
बचत रकम पनि फिर्ता हुने छाँट छैन
याे सहकारीमा दैनिक र मासिक रुपमा बचत गरेका बचतकर्ताहरुको रकम समेत डुबेको छ । छानबिन समितिका अनुसार ६९ जना दैनिक बचतकर्ताको एक लाख ७५ हजार १ सय १५ रुपियाँ र १ सय १० जना मासिक बचतकर्ताको ३ लाख ३ हजार ६१ रुपियाँ फिर्ता गर्न सकेको छैन ।
आठबिसकोट नगरपालिकाको सहकारी ऐन, २०७४ बमोजिम दर्ता नम्वर ४३ मा २०७४ चैत्र १८ गते यो सहकारी दर्ता भएको थियो । सुरुमा १ सय १ जना मात्र शेयर सदस्य रहेको यस सहकारीमा हाल ९ सय ५६ जना शेयर सदस्य छन् ।
सहकारी सञ्चालक समितिका सचिव घनश्याम भण्डारीका अनुसार ऋण लिएकाहरुले साँवा तथा व्याज नदिदा सहकारी बन्द हुने अवस्थामा पुगेको बताए । उनले ५० हजार देखि माथि ऋण लिएका ३६ जना ऋणीले नियमानुसार रकम फिर्ता नगर्दा याे समस्या आएको बताए । उनका अनुसार ऋण असुलिका लागि पाँच पटक भन्दा बढी नै पत्राचार गरि सार्वजनिक सूचना समेत जारी गरिएको छ भने ऋण नतिर्नेहरुको विवरण जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराईएको छ । अब धितो लिलाम गरेर भएपनि ऋण असुली गरिने उनको भनाइ छ ।
वडा नम्वर ५ का वडा अध्यक्ष समेत रहेका भण्डारीले १ सय २ औ नगर कार्यपालिका बैठकमा छानबिन समितिको प्रतिवेदन पेश भएको र असुल उपरका लागि न्यायिक समितिलाई जिम्मा दिईएको बताए । उनका अनुसार बचत र कर्जा रकम असुलीका लागि एक महिनााको भाका दिने र सो अवधिमा पनि ऋण तिर्न नसके कानून बमोजिम कार्वाही सँगै असुलीउपरकाे प्रक्रिया सुरु गर्ने निर्णय गरिएकाे छ ।
देशभर सहकारी ठगी तथा बचत कर्ताकाे रकम अपचलन गरेको बिषय पेचिलाे बन्दा रुकुममा पनि याे समस्या बल्झिएकाे छ ।।

पहिलोपटक जिल्ला अस्पतालले दन्त रोग विशेषज्ञ डाक्टर पायो
२२ साउन, २०८२ । रुकुम पूर्व अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक दन्त रोग विशेषज्ञ प्राप्त गरेको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी

रुकुम पूर्वमा दूध राम्रो खपत
रुकुमपूर्वमा दूधबाट मनग्य आम्दानी भइरहेको छ । बजारमा दूध राम्रो खपत भइरहेकोले कृषक र व्यापारीले मनग्य आम्दानी गरिराख्नु भएको हो । सिस्ने

रुकुम पूर्वमा मह बिक्रिबाट किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरे
रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला









प्रतिकृया दिनुहोस