गत आर्थिक बर्षमा रुकुम पूर्वबाट १ हजार भन्दा बढी राहदानी आवेदन

गत आर्थिक वर्षमा रुकुम पूर्वबाट एक हजार २७० जनाले राहदानीका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका तीन स्थानीय तहबाट एक हजार २७० जनाले राहदानीका लागि आवेदन दिएका हुन् । आवेदन दिनेमा पुरुष ८५१ जना र महिला ४१९ जना रहेका छन् । पालिकागत रूपमा भूमे गाउँपालिकाबाट सबैभन्दा बढी ६२९ जनाले राहदानीका लागि आवेदन दिएका छन् ।
त्यसैगरी पुथाउत्तरगंगा गाउँपालिकाबाट ३६३ जना र सिस्ने गाउँपालिकाबाट २७० जनाले राहदानीका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको राहदानी शाखाका नायब सुब्बा गोवर्धन बुढाका अनुसार आर्थिक वर्ष २०८२र८३ को साउन १ गतेदेखि २०८३ असार ३१ गतेसम्म पुरुष ८० जना र महिला ३९ जना गरी ११९ जनाले राहदानीका लागि आवेदन दिएका छन् । राहदानी आवेदन दिनेमा भूमे गाउँपालिकाका ४१ जना, पुथाउत्तरगंगा गाउँपालिकाका ३८ जना र सिस्ने गाउँपालिकाका ४० जना रहेका छन् ।।

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन
रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

सिस्ने गाउँपालिका १ बाट अवैध भरुवा बन्दुक बरामद
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, भट्टेचौरस्थित खरखोला गैरिपातल सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको एक थान भरुवा बन्दुक

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।









प्रतिकृया दिनुहोस