रुकुमकोटमा नेशनल लाईफका अभिकर्तालाई पुनर्ताजगी तालिम तथा उत्कृष्टलाई सम्मान

रुकुम पूर्वको रुकुमकोटमा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वले अभिकर्ता भेला, पुनर्ताजगी तालिम तथा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको शाखा तथा अभिकर्ताको व्यावसायिक लक्ष्य पूरा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कम्पनीमा आबद्ध व्यवसाय प्रबन्धक, व्यवसाय अधिकृत तथा अभिकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ, जसमा १८ जना महिला र १२ जना पुरुष सहभागी थिए । कार्यक्रम नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पूर्व शाखाका प्रमुख हिरा मल्लको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका व्यवसाय प्रबन्धक तथा थवाङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हिराप्रसाद बुढा मगर प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै, कम्पनीका व्यवसाय प्रबन्धक तथा देउराली माध्यमिक विद्यालय हुकामका लेखापाल खुमबहादुर पुन र नेशनल लाईफका अभिकर्ता तथा जनता माध्यमिक विद्यालय पोखराका शिक्षक हिरालाल खड्का अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा व्यक्तिगत कोड तथा सञ्जालतर्फ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तामध्ये शाखाबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई खादा, सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा अभिकर्ताहरूको क्षमता अभिवृद्धि, बीमा व्यवसायको विस्तार तथा चालु आर्थिक वर्षको व्यावसायिक लक्ष्य हासिल गर्ने विषयमा पुनर्ताजगी तालिमसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन रामचन्द्र दाहालले गर्नुभएको थियो ।

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन
रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा









प्रतिकृया दिनुहोस