पुथाउत्तरगंगा गाउँपालिका–६ मा रहेको साङखोलाले बगाउँदा दुई जना बेपत्ता

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६ मा रहेको साङखोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो करिब २ः४५ बजे पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
घटनाबारे वडा अध्यक्षले दिउँसो २ः५५ बजे टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी हुकामबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । बेपत्ता भएका व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व, प्रहरी चौकी जाङ, इलाका प्रहरी कार्यालय प्वाङ तथा अस्थायी प्रहरी पोष्ट धाउन्ने, कोल र धपेबाट समेत गरी ३३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख , प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ ।
त्यस्तै, नेपाली सेना चण्डीदल गण सुरक्षा गुल्मबाट सहायक सेनानी प्रदीप भण्डारीको नेतृत्वमा ७ जना तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म रुकुम पूर्वबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीको कमाण्डमा ११ जना सुरक्षाकर्मी पनि खोजी कार्यका लागि खटिएका छन् । हालसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ५१ जना सुरक्षाकर्मी बेपत्ता भएका दुई जनाको खोजी कार्यमा परिचालन भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।।
तस्वीर : बालाराम शेर्पाली

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन
रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा









प्रतिकृया दिनुहोस