बाल सञ्जाल सिस्ने गाउँपालिकाले गर्यो विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विपन्न, असहाय, अनाथ, द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । बाल सञ्जाल सिस्ने गाउँपालिकाको आयोजनामा तथा सिस्ने गाउँपालिका, रुकुम पूर्वको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा बाल सञ्जाल सिस्ने गाउँपालिकाका अध्यक्ष शक्ति विकको नेतृत्वमा कापी र कलम वितरण गरिएको हो ।
कार्यक्रमअन्तर्गत सिस्ने गाउँपालिका ३ स्थित जनता माद्यामिक विद्यालय पोखराका ७१ जना, सिस्ने गाउँपालिका ४ स्थित जनप्रीय माद्यामिक विद्यालय दादिङ मा २७ जना , आधारभूत विद्यालय झाक्रीपोलेमा ८ जना, आधारभूत विद्यालय विद्यालय नयाँ ढाकामा ६ जना , आधारभूत विद्यालय पुरानो ढाकाका ८ जनालाई कापी र कलम वितरण गरिएको बाल सञ्जाल रुकुम पूर्वले जनाएको छ ।
कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीन, द्वन्द्वबाट प्रभावित तथा अपाङ्गता भएका बालबालिकाको शैक्षिक पहुँचलाई सहज बनाउन सहयोग स्वरूप सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । बाल सञ्जाल सिस्ने गाउँपालिकाले यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै बालबालिकाको शिक्षा, अधिकार र समग्र विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।।

एसइई पुरक परीक्षा : रुकुम पूर्वबाट २ सय ९९ विद्यार्थी सहभागी हुँदै
रुकुम पूर्वमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३ को पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको

रुक्मिणी माविमा नयाँ विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण
शैक्षिक सत्र २०८३ मा विभिन्न विद्यालयहरुबाट आई रुक्मिणी माध्यमिक विद्यालयमा भर्ना भएका कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका जम्मा २८६ जना

SEE नतिजा प्रकाशित रुकुम पूर्वमा ५६.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले २०८३ वैशाख









प्रतिकृया दिनुहोस