• ON AIR
  • UP NEXT

रुक्मिणी माविमा नयाँ विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण

रेडियो पूर्वी रुकुम
SITENAME

शैक्षिक सत्र २०८३ मा विभिन्न विद्यालयहरुबाट आई रुक्मिणी माध्यमिक विद्यालयमा भर्ना भएका कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका जम्मा २८६ जना विद्यार्थीहरुलाई स्वागत गरिएको छ भने विद्यालयमा अध्ययनरत शैक्षिक सत्र २०८२ का १/५ का छात्रा तथा दलित विद्यार्थीहरुको हकमा छात्र–छात्रा गरी करिब १५० जनालाई छात्रवृत्ति समेत वितरण गरिएको प्रधानाध्यापक पञ्चबहादुर के.सी.ले जानकारी दिनुभएको छ ।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै नियमित अध्ययन, अनुशासन तथा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरिएको प्रधानाध्यापक के.सी.को भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

 

वक्ताहरुले छात्रवृत्तिले विद्यार्थीहरुलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो ।।

प्रतिकृया दिनुहोस
SITENAME

बाल सञ्जाल सिस्ने गाउँपालिकाले गर्‍यो विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विपन्न, असहाय, अनाथ, द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

SITENAME

एसइई पुरक परीक्षा : रुकुम पूर्वबाट २ सय ९९ विद्यार्थी सहभागी हुँदै

रुकुम पूर्वमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३  को पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको

SITENAME

SEE नतिजा प्रकाशित रुकुम पूर्वमा ५६.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएको  छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले २०८३ वैशाख