एसइई पुरक परीक्षा : रुकुम पूर्वबाट २ सय ९९ विद्यार्थी सहभागी हुँदै

रुकुम पूर्वमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३ को पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको परीक्षा तालिकाअनुसार रुकुम पूर्व जिल्लाका २७ वटा विद्यालयका २ सय ९९ जना विद्यार्थी पूरक परीक्षामा सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका अनुसार परीक्षामा सहभागीमध्ये प्राविधिक धारतर्फ २ जना तथा साधारण धारतर्फ २ सय ९७ जना परीक्षार्थी रहेका छन् ।
जिल्लाभरिका सबै परीक्षार्थीका लागि सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना प्रकाशित गर्दै सम्बन्धित विद्यालय, विद्यार्थी तथा अभिभावकलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका इकाइ प्रमुख तिलक गौतमले परीक्षा शान्त, मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गरिने जानकारी दिनुभएको छ ।।

बाल सञ्जाल सिस्ने गाउँपालिकाले गर्यो विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विपन्न, असहाय, अनाथ, द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

रुक्मिणी माविमा नयाँ विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण
शैक्षिक सत्र २०८३ मा विभिन्न विद्यालयहरुबाट आई रुक्मिणी माध्यमिक विद्यालयमा भर्ना भएका कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका जम्मा २८६ जना

SEE नतिजा प्रकाशित रुकुम पूर्वमा ५६.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले २०८३ वैशाख









प्रतिकृया दिनुहोस