SEE नतिजा प्रकाशित रुकुम पूर्वमा ५६.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले २०८३ वैशाख २९ गते प्रकाशित गरेको नतिजाअनुसार रुकुम पूर्वबाट परीक्षामा सहभागी भएका ७४४ जना विद्यार्थीमध्ये ४२१ जना अर्थात ५६.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । इकाइका अनुसार ३२३ जना विद्यार्थीले ननग्रेड (NG) प्राप्त गरेका छन् । प्रकाशित नतिजाअनुसार रुकुम पुर्वमा ३.६१ देखि ४.०० GPA ल्याउने विद्यार्थीको संख्या २ रहेको छ भने ३.२१ देखि ३.६० GPA ल्याउने ७० जना रहेका छन्। त्यस्तै २.८१ देखि ३.२० GPA ल्याउने २११ जना, २.४१ देखि २.८० GPA ल्याउने १२९ जना तथा २.०१ देखि २.४० GPA ल्याउने ९ जना विद्यार्थी रहेका छन् ।
१.६१ देखि २.०० GPA ल्याउने विद्यार्थीको संख्या शून्य रहेको जनाइएको छ । यसैबीच रुक्मिणी माध्यमिक विद्यालय बाट SEE परीक्षामा सहभागी विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयको साधारणतर्फ ५२ जना विद्यार्थीमध्ये ५० जना परीक्षामा सहभागी भएका थिए । सहभागीमध्ये ४८ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
त्यस्तै विद्यालयको कृषितर्फ २३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै २३ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालयले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका इकाइ प्रमुख तिलक गौतमले SEE परीक्षाको नतिजासम्बन्धी जानकारी सबै सरोकारवालासम्म पुर्याउन अनुरोध गर्नुभएको छ ।।

बाल सञ्जाल सिस्ने गाउँपालिकाले गर्यो विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विपन्न, असहाय, अनाथ, द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

एसइई पुरक परीक्षा : रुकुम पूर्वबाट २ सय ९९ विद्यार्थी सहभागी हुँदै
रुकुम पूर्वमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३ को पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको

रुक्मिणी माविमा नयाँ विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण
शैक्षिक सत्र २०८३ मा विभिन्न विद्यालयहरुबाट आई रुक्मिणी माध्यमिक विद्यालयमा भर्ना भएका कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका जम्मा २८६ जना









प्रतिकृया दिनुहोस