• ON AIR
  • UP NEXT

भूमि आयोग रूकुम पूर्वकाे अध्यक्षमा पौडेल नियुक्त

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुमपूर्व: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्वको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ । 

 

मन्त्रालयले रुकुम पूर्वको अध्यक्षमा हरिहर पौडेललाई नियुक्त गरेको हो । शुक्रबार २६ गते भएको मन्त्रीस्तरिय निर्णय अनुसार अन्य जिल्लाहरुसँगै रुकुम पूर्वमा पनि जिल्ला अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।

 

आयोगको जिल्लास्थित कार्यालयमा एक अध्यक्ष, एक विज्ञ सदस्य, एक खुला र एक महिला सदस्य रहने व्यवस्था छ । सदस्यहरुकाे नियुक्तिमा भने निर्णय नभएको बताइएको छ । 

 

जिल्ला स्तरिय भूमि समस्या समाधान आयोग रुकुम पूर्वको अध्यक्षमा नियुक्त पौडेल नेकपा एमाले रुकुम पूर्वको कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

 

उक्त आयाेग नेपाल सरकारले सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगायतका कामका लागि स्थापना गरेको हाे ।

 

भूमि आयोग रूकुम पूर्वकाे नवनिर्वाचित अध्यक्ष पौडेलले संघीय राजधानी काठमाडौंमा केही कागजी प्रक्रिया मिलाउन बाकी रहेको र अब जिल्ला फर्किए पछि कार्यालय व्यवस्थापन सँगै काम कार्वाहीलाई अगाडि बढाउने बताउनुभएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि रुकुमकोटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

    रेडियो पूर्वि रुकुम    रुकुम पूर्वमा जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।  आइतबार जिल्लाको

SITENAME

भुकम्प पश्चात घर बस्न लायक छ, छैन कसरी थाहा पाउने ? - जि.एम. दिपु देपेन्द्र (सब-ईन्जिनियर)

 घरको अवस्था निम्नअनुसार भएको अवश्थामा बस्न लायक वा सुरक्षित मान्नुपर्छ । #_वाल_वियरिङ_घरहरुको_केशमा :- १. घर सिधा ठाडो अर्थात् घन्टीमा हुनुपर्यो

SITENAME

प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया 

रेडियो पूर्वी रुकुम समाचार डेस्क ।  २०८० असार ९ गते, शनिवार     रुकुम पुर्वमा प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया तथा