प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया

रेडियो पूर्वी रुकुम समाचार डेस्क ।
२०८० असार ९ गते, शनिवार
रुकुम पुर्वमा प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संमृद्व लुम्बिनी आत्मा निर्भर प्रदेश भन्ने मुल थिम सहित लुम्बिनी प्रदेशको १२ ओटै जिल्लामा प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशले उक्त कार्यक्रम को आयोजना गरेको हो ।
विषेश गरि लुम्बिनी प्रदेशले अब बन्ने प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको सल्लाह सुझावलाई संकलन गर्ने उदेश्य र प्रहरी सेवा सुरक्षा जनता मुखी कसरी बनाउन सकिन्छ भन्ने उदेश्यले यो अन्तरक्रिया तथा छलफल कार्यक्रम राखिएको मुख्यमन्त्री लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ ।
उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा पूर्व ए आई जी सुरेन्द्र शाह र लुम्बिनी प्रदेशका कानुनी सचिव राजेन्द्र थापाले प्रदेश प्रहरीको काम र अधिकारको प्रस्तुतिकरण तथा अब बन्ने निमावली र प्रदेश सुरक्षा निति बारे विश्लेषण गर्नुभएको थियो ।
सहभागी सबैले अब बन्ने निमावली र प्रदेश सुरक्षा निति बारे प्रहरी नितान्त स्वतन्त्र हुनु पर्ने राजनितीक दबाब मुक्त हुनु पर्ने, मुस्कान सहितको सेवालाई व्यभारमा लागु गरिनुपर्ने, जस्ता कुरा व्यापक रुपमा उठेको थियोे । त्यस्तै मुलुक गणतन्त्रको नेपालीको संघीय अभ्यासमा प्रवेश गरेपनि निमावली तथा कानुन १ सय ४ वर्ष पुरानोलाई मान्नुपर्ने र त्यो निमावली तथा कानुन एकात्मक राज्य प्रणालीकै अवधारणा अनुसार बनेको हुनाले प्रहरी सेवा तथा कार्यसम्पादन जनमुखी बन्न नसकेको सबैको धारण रहेको छ ।
उठेको प्रश्न तथा सुझावहरुलाई करेक्शन गरि आफुहरुले कानुन निर्माण गर्दा विषेश ध्यान दिने लुम्बिनी प्रदेश सरकारका कानुनी सचिव राजेन्द्र थापाले बताउनुभएको छ ।
मुख्यमन्त्री लुम्बिनी प्रदेश का कानुनी सचिव राजेन्द्र थापाको अध्यक्षता संगै सुरु भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा जिसस प्रमुख मेघ बहादुर श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा जिसस उप प्रमुख मोहोन बहादुर केसी , सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी , उपाध्यक्ष गोपाल रेउले , पूव ए आई जी हरु सुरेन्द्र शाह, सोभाकर बुढाथोकी ,खिमानन्द ज्ञवाली को उपस्थिति रहेको थियो ।
त्यस्तै पूर्व सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल , नेपाली काङ्ग्रेसका जिल्ला कार्य भार सभापति भिम बहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष मैत्या घर्ती, गैरसरकारी महासंघका जिल्ला अध्यक्ष लिलामणी गौतम , जिल्ला सहकारी संघ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायत नागरिक समाजका अगुवा उद्योगी तथा व्यापारीहरुको उपस्थित रहेको कार्यक्रमको सञ्चालन सिता घिमिरेले गर्नुभएको थियो ।

भूमि आयोग रूकुम पूर्वकाे अध्यक्षमा पौडेल नियुक्त
रुकुमपूर्व: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्वको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ

जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि रुकुमकोटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न
रेडियो पूर्वि रुकुम रुकुम पूर्वमा जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्लाको

भुकम्प पश्चात घर बस्न लायक छ, छैन कसरी थाहा पाउने ? - जि.एम. दिपु देपेन्द्र (सब-ईन्जिनियर)
घरको अवस्था निम्नअनुसार भएको अवश्थामा बस्न लायक वा सुरक्षित मान्नुपर्छ । #_वाल_वियरिङ_घरहरुको_केशमा :- १. घर सिधा ठाडो अर्थात् घन्टीमा हुनुपर्यो








प्रतिकृया दिनुहोस