• ON AIR
  • UP NEXT

जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि रुकुमकोटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

रेडियो पूर्वी रुकुम
SITENAME

 

 

रेडियो पूर्वि रुकुम 

 


रुकुम पूर्वमा जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।  आइतबार जिल्लाको सदरमुकाम केन्द्र समेत रहेको छिप्रिदहमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । सृजनशील युवा सञ्जाल नेपालको आयोजना र समता फाउन्डेसन काठमाडौं को आर्थिक सहयोगमा जलवायु परिवर्तन तथा जातीय विभेद सम्बन्धि अन्तरसंवाद कार्यक्रम दलित अधिकारकर्मी र दलित समुदाय तथा समुहको विचमा अन्तरसंवाद गरिएको सृजनशील युवा सञ्जाल नेपालका महासचिव बिशाल गिरीले बताउनुभएको छ । 

 

जलवायु परिवर्तनले दलित समुदायमा पार्ने असर र बदलिँदो परिवेशमा फेरिएको विभेदको अवस्था के छ विभेद अन्त्य नहुनुको कारण के हो र न्युनिकरण तथा अन्त्यका लागि दलित समुदायले अब कस्तो कदम चाल्नुपर्ने आदि बिषयमा अन्तरसंवाद भएको ऋथ्ल्  नेपालले जानकारी दिएको छ । 


कार्यक्रममा सहभागी दलित समुदायहरुले पहिलेको जस्तो प्रत्यक्ष विभेद नभए पनि सामाजिक आर्थिक तथा राजनितीक रुपमा दलित समुदायलाई अझै पछाडि पार्ने काम भइरहेको रिपोर्टिङ गरेका छन । 

 

उठेका प्रश्नहरुको जवाफ तथा मन्तव्य राख्दै प्रमुख वक्ता तथा दलित अधिकार कर्मी उपेन्द्रलाल कामीले हिजोको राज्य सत्तालेनै कामका आधारमा जात विभाजन गरेको र यो जात व्यवस्थामा हिन्दु धर्मको पनि भुमिका अध्ययन देखाएको बताउनुभएको छ । त्यस्तै उहाले जातीय विभेद सम्बन्धि नेपालमा थुप्रै कार्यक्रम भएको तर यसको खास जरा केहो त्यो कसैले पनि खोजी नगरेको बताउदै यदि जातीय विभेद अन्त्य गर्ने हो भने सबैले मानसिकता बदल्नुपर्ने बताउनुभएको छ । 

 

बिशेष बक्ताहरु रन्जित सेन, गन बहादुर नेपाली र ५ नम्बर वडाका वडा अध्यक्ष वीरेन्द्र बस्नेतले अब दलित समुदायहरुले अरुबाट नहेपिनकालागी पहिलो कुरा दलित समुदाय आफै पर निर्भर बन्ने कुरामा ध्यान दिनुपर्ने, माग्ने बानीको अन्त्य गर्नुपर्ने, मादक पदार्थ तथा विभिन्न हानिकारक कुलतबाट टाढा बस्नुपर्ने जस्ता कुरा औंल्याउनुभएको छ ।

 

त्यस्तै वक्ताहरूले उद्यमी बन्न र अलि सामाजिक कामहरूमा पनि चासो राख्न आग्रह गर्नुभएको थियो । त्यस्तै ऋथ्ल् नेपालका  महासचिव बिशाल गिरीले अंग्रेजी वर्ष २०२४ मा समता फाउन्डेसनको आर्थिक सहयोगमा र ऋथ्ल् नेपालको साझेदारी बाट हुने परियोजना बारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण ऋथ्ल् नेपालका सचिव विक्रम परियारले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

भूमि आयोग रूकुम पूर्वकाे अध्यक्षमा पौडेल नियुक्त

रुकुमपूर्व: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्वको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ

SITENAME

भुकम्प पश्चात घर बस्न लायक छ, छैन कसरी थाहा पाउने ? - जि.एम. दिपु देपेन्द्र (सब-ईन्जिनियर)

 घरको अवस्था निम्नअनुसार भएको अवश्थामा बस्न लायक वा सुरक्षित मान्नुपर्छ । #_वाल_वियरिङ_घरहरुको_केशमा :- १. घर सिधा ठाडो अर्थात् घन्टीमा हुनुपर्यो

SITENAME

प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया 

रेडियो पूर्वी रुकुम समाचार डेस्क ।  २०८० असार ९ गते, शनिवार     रुकुम पुर्वमा प्रदेश निमावली र सुरक्षा सम्बन्धि रणनीतिक योजनाको अन्तरक्रिया तथा