• ON AIR
  • UP NEXT

 ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाईते

रेडियो पूर्वी रुकुम
SITENAME

 रेडियो पूर्विरुकुम समाचार डेक्स । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

 

पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हँुदा सोही ठाउँका १८ वर्षिय हुम बहादुर कुमालको मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ट्याक्टर चालक २२ वर्षिय चाम बहादुर कुमाल र ३९ बर्षिय शंकर बहादुर कुमाल घाईते छन् । उनिहरूलाइ उपचारको लागि पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।

 

तल्लो पङगेनीबाट दाउरा लिन जाँदै गरेको ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

ससुरालीबाट फर्किँदै गर्दा भिरबाट लडेर एक युवाको मृत्यु

 रेडियो पूर्विरुकुम समाचार डेक्स ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय

SITENAME

अबको  ३ दिन अत्यधिक चिसो बढ्ने, बिहानको समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

 रेडियो पूर्विरुकुम समाचार डेक्स । आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

SITENAME

रुकुमपूर्वमा तीनदिदेखि निरन्तर कुकुरलाई खोप 

रेडियो पूर्विरुकुम समाचार डेक्स । रुकुमपूर्वमा पछिल्लो समय बहुला कुकुरको आतङक बढेको पाइएको छ । बिशेष गरि जिल्लाको सिस्ने गाउपालिकामा झुसिया कुकुर