• ON AIR
  • UP NEXT

अबको  ३ दिन अत्यधिक चिसो बढ्ने, बिहानको समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

रेडियो पूर्वी रुकुम
SITENAME

 रेडियो पूर्विरुकुम समाचार डेक्स । आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । 

 

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो । उहाँले आज (आइतवार) देखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उहाँको सुझाव छ । 


जलवायु विज्ञ उप्रेतीले ’मर्निङ वाक’ मा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँले फोक्सोको क्यान्सर भएका, श्वासप्रश्वासमा समस्या भएका, मुटुका बिरामी, बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताउनुभयो । 


डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर भरसक हिँडडुल गर्न वा घरभित्रै व्यायाम गर्न, न्यानो लुगा लगाउन, पानीमा धेरै बेर नभिज्न, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्न सुझाव दिनुभएको छ । यस्तै झ्याल÷ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्न, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन र फोग लाइटको प्रयोग गने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न उहाँको सुझाव छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

 ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाईते

 रेडियो पूर्विरुकुम समाचार डेक्स । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्

SITENAME

ससुरालीबाट फर्किँदै गर्दा भिरबाट लडेर एक युवाको मृत्यु

 रेडियो पूर्विरुकुम समाचार डेक्स ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय

SITENAME

रुकुमपूर्वमा तीनदिदेखि निरन्तर कुकुरलाई खोप 

रेडियो पूर्विरुकुम समाचार डेक्स । रुकुमपूर्वमा पछिल्लो समय बहुला कुकुरको आतङक बढेको पाइएको छ । बिशेष गरि जिल्लाको सिस्ने गाउपालिकामा झुसिया कुकुर