• ON AIR
  • UP NEXT

रुकुमपूर्वमा तीनदिदेखि निरन्तर कुकुरलाई खोप 

रेडियो पूर्वी रुकुम
SITENAME

रेडियो पूर्विरुकुम समाचार डेक्स । रुकुमपूर्वमा पछिल्लो समय बहुला कुकुरको आतङक बढेको पाइएको छ । बिशेष गरि जिल्लाको सिस्ने गाउपालिकामा झुसिया कुकुर बढेको पाइएको छ । उक्त कुकुरहरुले बेलाबेलामा स्थानीयलाई आक्रमण गर्न थालेपछि एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुमकोट रुकुम पुर्वले एक्सन सुरु गरेको छ । 


स्थानियको जनगुनासो अनुसार बिगत तीनदिनदेखि कार्यालयले कुकुरलाई निशुल्क एन्टिरेबिज भ्याक्सिन लगाउने कार्यक्रम गरिरहेको छ । मंगलबारदेखि कार्यालले आकस्मिक रुपमा स्थानिय वडा कार्यालय सँगको समन्वयमा कार्यालयमा कार्यरत प्राविधिकहरुबाट निशुल्क एन्टिरेबिज भ्याक्सिन लगाइरहेको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताएका छन । 

 

सोहि कार्यक्रम अन्गर्तत २७ गते मंगलबारे सिस्ने गाउँपालिका वडा नं ८ धपेमा  २५ वटा कुकुरहरुमा एन्टिरेबिज भ्याक्सिन लगाईएको छ । त्यस्तै २८ बुधबार े सिस्ने गाउँपालिका वडा नं २ प्वाङमा १ सय वटा कुकुरहरुमा एन्टिरेबिज भ्याक्सिन लगाईएको कार्यालयले जनाएको छ । 


त्यसै क्रममा  बिहिबार आज सिस्ने गाउँपालिका वडा नं ८ लम्पाकोटमा वडा कार्यालय सँगको समन्वयमा घरपालुवा ५३ ओटा कुकुरहरुमा एन्टिरेबिज भ्याक्सिन लगाइएको छ । तीन दिनको अबधिमा १७८ कुकुरलाई खोप लगाइएको छ । 

 

पछिल्लो समय आतङ बढेसंगै भ्याक्सिनको अत्यधिक माग भएकाले स्थानीय सरकार सिस्ने गाउँपालिका र सम्बन्धित पशुपंक्षी शाखाले यसतर्फ विशेष ध्यान दिनको लागी पनि कार्यालयले आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

 ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाईते

 रेडियो पूर्विरुकुम समाचार डेक्स । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्

SITENAME

ससुरालीबाट फर्किँदै गर्दा भिरबाट लडेर एक युवाको मृत्यु

 रेडियो पूर्विरुकुम समाचार डेक्स ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय

SITENAME

अबको  ३ दिन अत्यधिक चिसो बढ्ने, बिहानको समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

 रेडियो पूर्विरुकुम समाचार डेक्स । आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।