• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले बुधबार जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागले कात्तिक ९ गते जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनमा बंगालको खाडीमा रहेको ‘अर्नव’ चक्रवात थप शक्तिशाली बन्दै गएको उल्लेख छ । मौसम विश्लेषणअनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको तुलनात्मक रूपमा बढी प्रभाव पर्ने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेको जनाइएको छ ।

 

सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले धानबाली काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेका पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । त्यस्तै, सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग र जिल्ला प्रशासन कार्यालयलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीको पालना गर्नसमेत कार्यालयले अनुरोध गरेको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्को समयमा सहयोग माग्न १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमद्वारा जारी सूचनामा सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी अपनाउन तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक

रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

SITENAME

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक

SITENAME

रसुवाको बाढीमा बेपत्ता भएकाहरूको विवरण यकिन गर्न सिस्ने गाउँपालिकाको आग्रह

रुकुम पूर्वमा सिस्ने गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका गाउँपालिकाभित्र स्थायी ठेगाना भएका व्यक्तिको आधिकारिक विवरण