रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन गर्न लागेको हो । लुम्बिनी प्रदेश सरकार, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विपन्न तथा एकल महिलालाई लक्षित गरी ३९० घण्टे सिलाई कटाई तालिम र ३९० घण्टेकै एडभान्स बुटिक तालिम सञ्चालन गरिनेछ। दुवै तालिम सिस्ने गाउँपालिका–६, छिप्रिदहमा सञ्चालन हुनेछन् ।
प्रत्येक तालिममा कम्तीमा १५ जना सहभागी गराइने कार्यालयले जनाएको छ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफूले लिन चाहेको तालिम उल्लेख गरी तोकिएको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ । निवेदन कार्यालयमा स्वयं उपस्थित भएर वा कार्यालयको इमेल ठेगानामार्फत पठाउन सकिने सूचनामा उल्लेख छ। तालिममा सहभागी हुन १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने, रुकुम पूर्व जिल्लामा स्थायी बसोबास गरेको हुनुपर्ने र साधारण लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ । सिलाई कटाई तालिममा सहभागी हुने विपन्न महिलाले वडा कार्यालयको विपन्न वर्गको सिफारिसपत्र र एकल महिलाले सो पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । यस्तै, एडभान्स बुटिक तालिममा सहभागी हुने व्यक्तिले यसअघि आधारभूत तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
निवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सीपमूलक तालिमपछि व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धतासमेत पेस गर्नुपर्ने कार्यालयले जनाएको छ । निवेदनको फाराम कार्यालय वा सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्न सकिनेछ। म्याद नाघी वा तोकिएको ढाँचाअनुसार पेस नभएका निवेदन स्वतः रद्द हुने सूचनामा उल्लेख छ । तालिमसम्बन्धी थप जानकारीका लागि घरेलु तथा साना उद्योगको कार्यालय रुकुम पूर्वमा सम्पर्क राख्न अनुरोध समेत गरिएको छ । कार्यालयका उद्योग अधिकृत तिलकराम वलीद्वारा जारी सूचनामा सीपमूलक तालिममार्फत परम्परागत सीप र प्रविधिको संरक्षण गर्दै दक्ष, उद्यमशील तथा उत्पादनमूलक जनशक्ति विकास गरी रोजगारी र स्वरोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको जनाइएको छ ।।

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक
रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह
रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

रसुवाको बाढीमा बेपत्ता भएकाहरूको विवरण यकिन गर्न सिस्ने गाउँपालिकाको आग्रह
रुकुम पूर्वमा सिस्ने गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका गाउँपालिकाभित्र स्थायी ठेगाना भएका व्यक्तिको आधिकारिक विवरण









प्रतिकृया दिनुहोस