• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

रसुवाको बाढीमा बेपत्ता भएकाहरूको विवरण यकिन गर्न सिस्ने गाउँपालिकाको आग्रह

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा सिस्ने गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका गाउँपालिकाभित्र स्थायी ठेगाना भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्न समबन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पत्रअनुसार गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्न ‘बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाका अनुसार निवेदन पेस गर्दा बेपत्ता व्यक्तिको नागरिकता, राष्ट्रिय परिचयपत्र वा परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि तथा निवेदक र बेपत्ता व्यक्तिबीचको नाता प्रमाणित हुने कागजात पेस गर्नुपर्नेछ । एकाघर परिवारका सदस्य नभएका व्यक्तिको हकमा सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा उक्त बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । यस्तै, गाउँपालिकाले तोकेको ढाँचामा बेपत्ता कायम गरिपाउँ भन्ने व्यहोराको निवेदन र सम्बन्धित परिवारको स्वघोषणासमेत पेस गर्नुपर्नेछ ।

 

गाउँपालिकाले सम्बन्धित वडा कार्यालयहरूलाई आफ्नो वडाभित्रका सरोकारवालालाई सूचनाबारे जानकारी गराउन, आवश्यक समन्वय तथा सहजीकरण गर्न र प्राप्त निवेदनको जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्न अनुरोध गरेको छ । सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार ओलीद्वारा जारी सूचनामा तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न सम्बन्धित परिवारलाई आग्रह गरिएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक

रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

SITENAME

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह

रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

SITENAME

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक