अखिल क्रान्तिकारी रुकुमपूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्यो

रुकुमपूर्व - नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वले दशैँ, तिहार तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । बिहीवार सिस्ने गाउँपालिका–६, छिप्रिदहस्थित पार्टी कार्यालय रुकुमकोटमा कार्यक्रम गरिएको हो । अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वका संयोजक अम्मर खत्रीको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको संगठनले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख एवं पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर केसी, पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतम, केन्द्रीय सदस्य एवं सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, केन्द्रीय सदस्य टोपबहादुर ओली, जिल्ला सहसंयोजक भवनेश्वर उपाध्यायलगायत पार्टीका नेता तथा विभिन्न संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य पुजन खड्काले गर्नुभएको थियो ।।

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।









प्रतिकृया दिनुहोस