• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा

रेडियो पूर्वी रुकुम
SITENAME

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे १५औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथै लिएर कांग्रेस अघि बढ्ने बताउनुभयो । बीपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनुभयो । 

 

आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्ने उहाँकाे भनाइ छ । सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौड र त्यसले नागरिकमा बढाएको राजनीतिक वितृष्णाप्रति प्रश्न उठाउनुभयो । राजनीतिप्रति एकातिर चरम वितृष्णा र अर्कोतिर समाजमा बढ्दो अतिराजनीतिकरण एकसाथ देखिएकाका कारण नै गएको वर्षको भदौ २३ र २४ को विस्फोट भएको उहाँले बताउनुभयाे । यद्यपि २३ गतेको दमन र २४ गतेको आपराधिक घटना दुवै गलत भएको उहाँकाे भनाइ छ । थापाले संसद‍्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थिति हुनुपर्ने भन्दै अहिले संसद् खुला नभएको टिप्पणी गर्नुभयो । संसद् खुला र जवाफदेही हुनुपर्ने थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस
SITENAME

अखिल क्रान्तिकारी रुकुमपूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्‍यो

रुकुमपूर्व - नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वले दशैँ, तिहार तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना

SITENAME

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।   अघि बिहान

SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।