• ON AIR
  • UP NEXT

सिस्ने गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत तेक्वान्दो खेल प्रशिक्षक तथा खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले तेक्वान्दो खेलको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेन्सर सक, हेड गार्ड, चेस्ट गार्ड, ट्रेनिङ कोन, किक प्याड र ब्याक किक प्याड वितरण गरेको जनाएको छ । तेक्वान्दो प्रशिक्षक अमिन बुढाथोकीका अनुसार हाल सिस्ने गाउँपालिकामा करिब १ सय २५ जना खेलाडी तेक्वान्दो खेलमा सक्रिय रहेका छन् ।

 

उहाँले तेक्वान्दो खेलमार्फत रुकुम पूर्वका खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा समेत स्थान हासिल गर्न सफल भएको जानकारी दिनुभयो । खेल सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले खेलाडीहरूलाई निरन्तर मेहनत, अनुशासन र इमान्दारीका साथ खेल क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकाससँगै गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अध्यक्ष रेग्मीले खेलाडीहरूले आफ्नो प्रतिभालाई अझ निखार्दै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

अर्जेन्टिनालाई पछार्दै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधी

स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–०

SITENAME

सिस्ने कप : पुरुषतर्फ सिस्ने–४ र महिलातर्फ सिस्ने–८ प्रथम

रुकुम पूर्व — सिस्ने सिस्ने गाउँपालिका ६ को ढकलबारा रङशालामा आयोजित “सिस्ने कप” भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ

SITENAME

रुकुम पूर्वबाट लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीको नाम सार्वजनिक

जिल्ला खेलकुद विकास समिति रुकुम पूर्व ले सार्वजनिक गर्‍यो राष्ट्रपति रनिङ शिल्डका खेलाडी प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश को आयोजनामा जेठ १