सिस्ने कप : पुरुषतर्फ सिस्ने–४ र महिलातर्फ सिस्ने–८ प्रथम

रुकुम पूर्व — सिस्ने सिस्ने गाउँपालिका ६ को ढकलबारा रङशालामा आयोजित “सिस्ने कप” भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ सिस्ने गाउँपालिका–४ प्रथम भएको छ भने महिलातर्फ सिस्ने गाउँपालिका–८ विजेता बनेको छ । पुरुषतर्फको फाइनल खेलमा सिस्ने गाउँपालिका–४ ले सिस्ने गाउँपालिका–७ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा सिस्ने गाउँपालिका–७ द्वितीय भएको छ भने सिस्ने गाउँपालिका–६ तृतीय भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा सिस्ने–६ ले सिस्ने गाउँपालिका–१ लाई पराजित गरेको हो । सिस्ने गाउँपालिका–१ सान्त्वना स्थानमा सीमित भएको छ । गत जेठ ७ गते उद्घाटन भएको प्रतियोगितामा सिस्ने गाउँपालिकाभित्रका महिला तथा पुरुष गरी १९ टोलीको सहभागिता रहेको थियो । महिला भलिबलतर्फ सिस्ने गाउँपालिका–८ ले सिस्ने गाउँपालिका–४ लाई ३–२ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा सिस्ने गाउँपालिका–४ द्वितीय, सिस्ने गाउँपालिका–७ तृतीय तथा सिस्ने गाउँपालिका–४ ‘बी’ सान्त्वना भएको आयोजकले जनाएको छ । पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले १२ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिला वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम हुने टोलीले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ उत्कृष्ट खेलाडी सिस्ने -७ का रमेश कवर र महिलातर्फ सिस्ने ८ का हरिमाया कवंर छनोट हुनुभएको छ ।
दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीले १२ हजार ५०० रुपैयाँ तथा सान्त्वना हुने टोलीले ७ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । पुरस्कार रकममा २५ प्रतिशत करकट्टी गरिएको समेत जानकारी दिइएको छ । समापन कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडका, सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष पुर्ण जङ्ग मल्ल तथा खेलकुद विकास समिति लुम्बिनी प्रदेश समितिका सदस्य हरि थापा लगायतको उपस्थिति रहेको थियो ।।

सिस्ने गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत तेक्वान्दो खेल प्रशिक्षक तथा खेलाडीहरूलाई खेल सामग्री

अर्जेन्टिनालाई पछार्दै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधी
स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–०

रुकुम पूर्वबाट लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीको नाम सार्वजनिक
जिल्ला खेलकुद विकास समिति रुकुम पूर्व ले सार्वजनिक गर्यो राष्ट्रपति रनिङ शिल्डका खेलाडी प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश को आयोजनामा जेठ १









प्रतिकृया दिनुहोस