रुकुम पूर्वबाट लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीको नाम सार्वजनिक

जिल्ला खेलकुद विकास समिति रुकुम पूर्व ले सार्वजनिक गर्यो राष्ट्रपति रनिङ शिल्डका खेलाडी प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश को आयोजनामा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि रुकुम पूर्वबाट छनोट भएका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । जिल्ला खेलकुद विकास समिति रुकुम पूर्व ले विभिन्न खेलविधाअनुसार लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । १०० मिटर दौडतर्फ छात्रमा आकाश सुनार र छात्रातर्फ दिलमाया श्रीस छनोट भएका छन् ।
२०० मिटर दौडमा छात्रतर्फ सुमन बुढा मगर तथा छात्रातर्फ रोशनी कामी ले स्थान बनाएका छन् । ४०० मिटर दौडमा श्रीकृष्ण छिनाल र छात्रातर्फ सुहाना बुढा छनोट भएका छन्। ८०० मिटर दौडमा गणेश विक तथा छात्रातर्फ ऋतु दमाई चयन भएका छन् । १५०० मिटर दौडतर्फ जीवन बोहरा र छात्रातर्फ पुनः ऋतु दमाई छनोट भएका छन् । ३ हजार मिटर दौडमा सुनिल थापा तथा छात्रातर्फ निर्मला बि.सी. छनौट भएका छन्। ४×१०० मिटर रिले दौडमा छात्रतर्फ आकाश सुनार, सुमन बुढा मगर, श्रीकृष्ण छिनाल र अमिन बि.सी. तथा छात्रातर्फ दिलमाया श्रीस, रोशनी कामी र सुहाना बुढा छनोट भएका छन्। यस्तै ४×४०० मिटर रिले दौडमा सुनिल थापा, जीवन बोहरा, गणेश विक र श्रीकृष्ण छिनाल तथा छात्रातर्फ निर्मला बि.सी., ऋतु दमाई, सुहाना बुढा र रोशनी कामी छनौट भएका छन् ।
फिल्ड इभेन्टतर्फ लङजम्पमा सन्दीप खत्री र छात्रातर्फ तृष्णा बस्नेत छनोट भएका छन् । त्रिपल जम्पमा सुदिप परियार तथा छात्रातर्फ रोशनी कामी चयन भएका छन्। हाई जम्पमा पनि सुदिप परियार र छात्रातर्फ ललिता कवर छनौट भएका छन् । लुम्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।।

सिस्ने गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत तेक्वान्दो खेल प्रशिक्षक तथा खेलाडीहरूलाई खेल सामग्री

अर्जेन्टिनालाई पछार्दै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधी
स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–०

सिस्ने कप : पुरुषतर्फ सिस्ने–४ र महिलातर्फ सिस्ने–८ प्रथम
रुकुम पूर्व — सिस्ने सिस्ने गाउँपालिका ६ को ढकलबारा रङशालामा आयोजित “सिस्ने कप” भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ









प्रतिकृया दिनुहोस