नयाँ शक्तिको उदयमाथि गम्भीर प्रश्न ???

नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय उदाएको नयाँ शक्तिको लोकतान्त्रिक अभ्यास, संवैधानिक निष्ठा र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका नेता पूर्ण घर्तीले हालै सार्वजनिक गरेको विश्लेषणात्मक लेखमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, व्यवहार र कार्यशैलीबारे कडा आलोचना गरेका छन् ।।
उनका अनुसार परम्परागत दलहरूको कमजोरी, नीतिगत विचलन र नैतिक पतनका कारण जनतामा उत्पन्न असन्तोषको जगमा रास्वपाको उदय भएको हो। “जान्नेलाई छान्ने” भन्ने नाराले विशेषगरी युवा पुस्ता र सर्वसाधारणलाई आकर्षित गरे पनि सत्तामा पुगेपछि दलको व्यवहारमा गम्भीर विरोधाभास देखिएको उनको दाबी छ। घर्तीले रास्वपाको नेतृत्वले पाँचतारे होटलमा सांसद अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु तथा सुकुम्वासी बस्ती हटाउने क्रममा देखिएको कठोर व्यवहारलाई ‘नव–सम्भ्रान्त चरित्र’ को संकेतका रूपमा व्याख्या गरेका छन्। उनले यसलाई मानवीय संवेदनशीलता र विधिको शासनविपरीतको अभ्याससमेत बताएका छन् ।
त्यसैगरी, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले संसद् र कूटनीतिक क्षेत्रप्रति उपेक्षापूर्ण व्यवहार देखिएको उल्लेख गरेका छन्। संसद्मा प्रत्यक्ष जवाफ दिनुपर्ने अवस्थामा अन्य मन्त्रीलाई ‘वारिसे’ का रूपमा पठाउने प्रवृत्तिलाई उनले संसदीय मर्यादाविपरीत भनेका छन्। कूटनीतिक भेटघाटमा समेत यस्तै अभ्यास दोहोरिनुले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्ने उनको भनाइ छ। लेखमा संवैधानिक आयोगमाथि हस्तक्षेप, कर्मचारीमाथि दुर्व्यवहार तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा विवादास्पद अभिव्यक्ति आएको भन्दै उनले विधिको शासन कमजोर पार्ने संकेत देखिएको बताएका छन्।
यसैबीच, चितवनमा सम्पन्न महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनप्रति पनि उनले असहमति जनाएका छन्। उक्त प्रतिवेदनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कमजोर पार्ने जोखिम रहेको उनको दाबी छ। संघीयता, समावेशिता र गणतन्त्रलाई ऐतिहासिक आन्दोलनहरूको उपलब्धि भन्दै उनले त्यसको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।घर्तीले लोकतान्त्रिक आवरणभित्र पपुलिष्ट अधिनायकवादको खतरा बढ्दै गएको चेतावनी दिँदै परिवर्तनका पक्षधर शक्तिहरूबीच एकता आवश्यक भएको बताएका छन्। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलहरूलाई संविधान र उपलब्धिहरूको रक्षा गर्न एकजुट हुन आह्वान गरेका छन्।
यद्यपि, यस्तो एकता केवल सत्ता जोगाउने उद्देश्यले नभई विगतका कमजोरी सच्याउने प्रतिबद्धतासहित हुनुपर्ने उनले जोड दिएका छन्। सुशासन, सेवा प्रवाह, संघीयताको कार्यान्वयन तथा आन्तरिक लोकतन्त्र सुदृढ गर्न पुराना दलहरूले आत्मसमीक्षा गर्नुपर्ने उनको सुझाव छ । लेखको निष्कर्षमा उनले लोकतन्त्र, विधिको शासन र स्थायित्व सुनिश्चित गर्न ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै राजनीतिक शक्तिहरूबीच रूपान्तरणसहितको एकता अपरिहार्य रहेको बताएका छन् ।।

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न
रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति









प्रतिकृया दिनुहोस