• ON AIR
  • UP NEXT

रुकुम पूर्वको निर्णयले पार्टीभित्र तरङ्ग यसरी त संगठन बन्दैन : नेता शेर्पाली

रेडियो पूर्वी रुकुम
SITENAME

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा वाइसीएल नेपालका पूर्व केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली ले रुकुम पूर्वको जिल्ला इन्चार्ज तोक्ने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वसँग माग गर्नुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता सेर्पालीले पार्टी केन्द्रीय संयोजकले जिल्ला नेतृत्व, कार्यकर्ता तथा सम्बन्धित तहसँग परामर्श गरेर निर्णय गर्ने प्रतिबद्धता जनाएको भए पनि पछिल्लो परिपत्र त्यसको विपरीत आएको आरोप लगाउनुभएको हो ।

उहाँले उक्त निर्णयले पार्टीका इमानदार तथा सक्रिय कार्यकर्तामा निराशा पैदा गरेको दाबी गर्दै पार्टी निर्माण र सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका कमरेडहरूलाई अन्याय भएको अनुभूति गराएको उल्लेख गर्नुभएको छ । 

“जिल्लाका नेता–कार्यकर्ता, नेतृत्व पंक्ति तथा सम्बन्धित तहसँगको परामर्शअनुसार निर्णय गर्ने प्रतिबद्धताविपरीत जारी परिपत्रले इमानदार कार्यकर्तामा निराशा पैदा गरेको छ,” सेर्पालीले लेख्नुभएको छ । 

उहाँले रुकुम पूर्वको इन्चार्ज तोक्ने निर्णय पुनर्विचार नगरे संगठनात्मक एकता र जिल्लाको राजनीतिक भविष्यमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिनुभएको छ । साथै पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा रहेका सबै जिम्मेवार नेताहरूसँग व्यापक छलफल र सहमतिका आधारमा मात्र थप निर्णय लिनुपर्ने सुझाव दिनुभएको छ । 

सेर्पालीले पार्टी नेतृत्वलाई निर्णय सच्याउन आग्रह गर्दै अन्यथा “राम राम” बाहेक अरु केही भन्न नसकिने अवस्था सिर्जना हुने टिप्पणी गर्नुभएको छ । उहाँको उक्त अभिव्यक्तिलाई रुकुम पूर्वमा पछिल्लो समय विकसित पार्टीभित्रको विवादप्रति असन्तुष्टि र दबाबका रूपमा हेरिएको छ । 

रुकुम पूर्वको इन्चार्ज नियुक्तिसम्बन्धी विषयलाई लिएर पार्टीभित्र विभिन्न तहमा छलफल र बहस जारी रहेका बेला सेर्पालीको यो सार्वजनिक अभिव्यक्ति झनै चर्चाको विषय बनेको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

SITENAME

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

SITENAME

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न

रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति