रुकुम पूर्वको निर्णयले पार्टीभित्र तरङ्ग यसरी त संगठन बन्दैन : नेता शेर्पाली

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा वाइसीएल नेपालका पूर्व केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली ले रुकुम पूर्वको जिल्ला इन्चार्ज तोक्ने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वसँग माग गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता सेर्पालीले पार्टी केन्द्रीय संयोजकले जिल्ला नेतृत्व, कार्यकर्ता तथा सम्बन्धित तहसँग परामर्श गरेर निर्णय गर्ने प्रतिबद्धता जनाएको भए पनि पछिल्लो परिपत्र त्यसको विपरीत आएको आरोप लगाउनुभएको हो ।
उहाँले उक्त निर्णयले पार्टीका इमानदार तथा सक्रिय कार्यकर्तामा निराशा पैदा गरेको दाबी गर्दै पार्टी निर्माण र सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका कमरेडहरूलाई अन्याय भएको अनुभूति गराएको उल्लेख गर्नुभएको छ ।
“जिल्लाका नेता–कार्यकर्ता, नेतृत्व पंक्ति तथा सम्बन्धित तहसँगको परामर्शअनुसार निर्णय गर्ने प्रतिबद्धताविपरीत जारी परिपत्रले इमानदार कार्यकर्तामा निराशा पैदा गरेको छ,” सेर्पालीले लेख्नुभएको छ ।
उहाँले रुकुम पूर्वको इन्चार्ज तोक्ने निर्णय पुनर्विचार नगरे संगठनात्मक एकता र जिल्लाको राजनीतिक भविष्यमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिनुभएको छ । साथै पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा रहेका सबै जिम्मेवार नेताहरूसँग व्यापक छलफल र सहमतिका आधारमा मात्र थप निर्णय लिनुपर्ने सुझाव दिनुभएको छ ।
सेर्पालीले पार्टी नेतृत्वलाई निर्णय सच्याउन आग्रह गर्दै अन्यथा “राम राम” बाहेक अरु केही भन्न नसकिने अवस्था सिर्जना हुने टिप्पणी गर्नुभएको छ । उहाँको उक्त अभिव्यक्तिलाई रुकुम पूर्वमा पछिल्लो समय विकसित पार्टीभित्रको विवादप्रति असन्तुष्टि र दबाबका रूपमा हेरिएको छ ।
रुकुम पूर्वको इन्चार्ज नियुक्तिसम्बन्धी विषयलाई लिएर पार्टीभित्र विभिन्न तहमा छलफल र बहस जारी रहेका बेला सेर्पालीको यो सार्वजनिक अभिव्यक्ति झनै चर्चाको विषय बनेको छ ।।

अखिल क्रान्तिकारी रुकुमपूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्यो
रुकुमपूर्व - नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वले दशैँ, तिहार तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे









प्रतिकृया दिनुहोस