• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

गत फागुन २१ गते गम्भीर गल्ति गरिएछ कि क्या हो : जितमान पुन (मार्शल)

रेडियो पूर्वी रुकुम
SITENAME

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) ले पार्टी केन्द्रीय कार्यालयले २०८३ जेठ २९ गते जारी गरेको परिपत्रले संगठनभित्र भएका निर्णयबारे आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभएको छ । 

तत्कालीन जनयुद्धकालमा जनमुक्ति सेनाका चर्चित कमाण्डरसमेत रहनुभएका नेता पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गत फागुन २१ गते गम्भीर गल्ति गरिएछ कि क्या हो भन्ने कडा र निकै विद्रोही खालको संकेत गर्दै पछिल्लो परिपत्रले गम्भीर समीक्षा र आत्ममूल्यांकनको आवश्यकता औंल्याएको बताउनुभएको छ । 

“२०८२ फागुन २१ को दिन गम्भीर गल्ती गरिएछ कि भनेर आत्मसमीक्षा गर्नै पर्ने मोडमा उभ्याइदियो नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयको २०८३ जेठ २९ को परिपत्रले,” मार्शलले लेख्नुभएको छ । 

नेता पुनको उक्त अभिव्यक्तिलाई पार्टीभित्र हालै जारी गरिएको परिपत्र र त्यसअघि भएका संगठनात्मक निर्णयप्रतिको असन्तुष्टि तथा समीक्षा आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

अखिल क्रान्तिकारी रुकुमपूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्‍यो

रुकुमपूर्व - नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी रुकुमपूर्वले दशैँ, तिहार तथा छठ पर्व–२०८३ को अवसरमा शुभकामना

SITENAME

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।   अघि बिहान

SITENAME

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे