गत फागुन २१ गते गम्भीर गल्ति गरिएछ कि क्या हो : जितमान पुन (मार्शल)

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) ले पार्टी केन्द्रीय कार्यालयले २०८३ जेठ २९ गते जारी गरेको परिपत्रले संगठनभित्र भएका निर्णयबारे आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभएको छ ।
तत्कालीन जनयुद्धकालमा जनमुक्ति सेनाका चर्चित कमाण्डरसमेत रहनुभएका नेता पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गत फागुन २१ गते गम्भीर गल्ति गरिएछ कि क्या हो भन्ने कडा र निकै विद्रोही खालको संकेत गर्दै पछिल्लो परिपत्रले गम्भीर समीक्षा र आत्ममूल्यांकनको आवश्यकता औंल्याएको बताउनुभएको छ ।
“२०८२ फागुन २१ को दिन गम्भीर गल्ती गरिएछ कि भनेर आत्मसमीक्षा गर्नै पर्ने मोडमा उभ्याइदियो नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयको २०८३ जेठ २९ को परिपत्रले,” मार्शलले लेख्नुभएको छ ।
नेता पुनको उक्त अभिव्यक्तिलाई पार्टीभित्र हालै जारी गरिएको परिपत्र र त्यसअघि भएका संगठनात्मक निर्णयप्रतिको असन्तुष्टि तथा समीक्षा आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ ।।

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न
रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति









प्रतिकृया दिनुहोस