• ON AIR
  • UP NEXT

रुकुम पूर्वमा वडा कप २०८२ अन्तर्गत भलिबल प्रतियोगिता सुरु

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ मा वडा कप २०८२ अन्तर्गत खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। आज चिउरेनी खेल मैदानमा आयोजित एक समारोहका बीच जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहन बहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिकाको आर्थिक सहयोग तथा युवा खेलकुद कार्यक्रम सञ्चालन समिति सिस्ने–६ को आयोजनामा प्रतियोगिता सुरु गरिएको हो । 

 


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई ८० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी द्वितीय हुने टोलीलाई ५० हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको खेलकुद कार्यक्रम सञ्चालन समितिका अध्यक्ष हरी थापाले जानकारी दिनुभयो । प्रतियोगितामा कुल १४ टोली सहभागी रहेका छन्।   (FIVE) को  नियमअनुसार सञ्चालन गरिने जनाइएको छ । 


चैते दशैंको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि केसीले खेलकुदले स्वास्थ्य सुदृढ बनाउनका साथै अनुशासन सिकाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष पूर्ण बहादुर मल्ल विशेष अतिथि रहनुभएको थियो। साथै वडा सचिव विष्णु विक, सुरक्षाकर्मी, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन टीका केसीले गर्नुभएको थियो ।।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत तेक्वान्दो खेल प्रशिक्षक तथा खेलाडीहरूलाई खेल सामग्री

SITENAME

अर्जेन्टिनालाई पछार्दै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधी

स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–०

SITENAME

सिस्ने कप : पुरुषतर्फ सिस्ने–४ र महिलातर्फ सिस्ने–८ प्रथम

रुकुम पूर्व — सिस्ने सिस्ने गाउँपालिका ६ को ढकलबारा रङशालामा आयोजित “सिस्ने कप” भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ