रुकुम पूर्वमा यस बर्षको ५ पूर्णिमा मेला कात्तिक ९ गते लाग्ने

परम्परागत रुपमा लाग्दै आएको कोजाग्रत पूर्णीमाको अवसरमा लाग्ने रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ छिपृदहस्थित विन्देवासीनी मन्दिर परिसरमा कात्तिक ९ गते यश बर्षको पाच पूर्णिमा मेला लाग्ने भएको छ । कल्चु मल्लको पालादेखि ऐतिहासिक धरोहरका रूपमा विक्रम संवत् १८७० देखि सञ्चालन हुँदै आएको मेला यस वर्ष पनि आयोजना गर्न लागिएको ५ पूर्णिमा मेला व्यवस्थापन तथा संवर्द्धन समितिले जनाएको छ । मेला सिस्ने गाउँपालिका ६ को बिन्देवासिनी मन्दिर परिसरमा लाग्ने मेला संयोजक कैलाशकुमार मल्लले जानकारी दिनुभएको छ ।
मेलामा सिङ्गारु नाच, मयूर नाच, पैसेरु नाच, झ्याउरे नाच र भूमे नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् । यस्तै, कृषि प्रदर्शनी, व्यापारिक गतिविधि तथा खेलकुद र मनोरञ्जनका कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा कृषि र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने मेला बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
मेलामा नेपाल सरकारले प्रतिबन्ध लगाएका तथा कानुनले निषेध गरेका गतिविधि गर्न नपाइने मेला व्यवस्थापन समितीले स्पष्ट पारेको छ । पाच पूर्णिमा मेला व्यवस्थापन तथा संवर्द्धन समितिले मेलामा सहभागी भई सांस्कृतिक तथा व्यापारिक गतिविधिमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक
रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह
रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने
रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक









प्रतिकृया दिनुहोस